केही सडकमा अझै समस्या, जानकारी लिएर यात्रा गर्न विभागको आह्वान
सारांश
- सडक विभागले पहिरो र बाढीका कारण सडकमा समस्या रहेको जनाएको छ, यात्रा गर्नुअघि जानकारी लिन अनुरोध छ।
- पूर्वपश्चिम राजमार्गको पूर्वी खण्ड र मेची राजमार्गको इलाम खण्डमा समस्या यथावत रहेको छ।
- बीपी राजमार्ग बाढीले क्षति पुर्याएपछि डाइभर्सन बनाइएको थियो र अब सामान्य अवस्थामा फर्केपछि काम सुरु गरिनेछ।
काठमाडौँ । केही सडकमा अझै पहिरो र बाढीले समस्या भइरहेकाले जानकारी लिएर मात्र यात्रा गर्न सडक विभागले अनुरोध गरेको छ ।
विभागले आज साझा सार्वजनिक गरेको सडकको अवस्थासम्बन्धी विवरणमा पूर्वपश्चिम राजमार्गको पूर्वी खण्डमा अझै समस्या भइरहेको जनाइएको छ । उक्त राजमार्गको काँकडभिट्टा र कालीखोला क्षेत्रमा पहिरो पन्छाउने काम भइरहेको विभागका प्रवक्ता प्रभातकुमार झाले जानकारी दिए ।
यसैगरी मेची राजमार्गको इलाम खण्डमा धेरै समस्या आएको र बीपी राजमार्ग बाढी रोकिएको सात दिनपछि मात्र सञ्चालन हुन सक्ने अवस्था रहेको विभागले जनाएको छ ।
गत वर्ष असोज दोस्रो साताको बाढीले क्षति गरेपछि बीपी राजमार्गका करिब डेढ दर्जन स्थानमा ‘डाइभर्सन’ गरिएको थियो । यस वर्ष ती संरचना भत्काएकाले बाढी सामान्य अवस्थामा फर्केपछि काम सुरु गरिने विभागले जनाएको छ ।
यस्तै, कान्ति लोकपथ सोमबार मात्र खोल्न सकिने अवस्था रहेको प्रवक्ता झाले जानकारी दिए । सङ्घीय राजधानीबाट बागमती प्रदेश राजधानी जोड्ने अन्य सडकमा पनि ठाउँ ठाउँमा पहिरोले समस्या भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण