गलत अङ्ग्रेजी लेख्दा शिक्षक निलम्बित: ‘Saven Thursday Six harendra sixtey’ लेखिएको चेकले मच्चायो हङ्गामा
सारांश
- भारतको हिमाचल प्रदेशमा एक शिक्षकलाई चेकमा गल्ती गरेको कारण निलम्बन गरिएको छ।
- शिक्षकले चेकमा रकम गलत लेखेपछि सामाजिक सञ्जालमा भाइरल भएको थियो र छानबिन सुरु भयो।
- शिक्षा विभागले शिक्षकको गल्तीले विभागको छविमा असर पारेको भन्दै निलम्बन गरेको हो।
भारत। हिमाचल प्रदेशको सिरमौर जिल्लामा एक सरकारी विद्यालयका शिक्षकलाई चेकमा गलत अङ्ग्रेजी लेखेको कारण निलम्बन गरिएको छ। चेकको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि शिक्षा विभागले शिक्षकलाई कारबाही गरेको हो।
सिरमौरको सरकारी माध्यमिक विद्यालय, रोनहाटमा कार्यरत चित्रकला शिक्षक अत्तर सिंहले २५ सेप्टेम्बरमा ७ हजार ६१६ रुपैयाँको चेक जारी गरेका थिए। तर उनले उक्त रकमलाई अङ्ग्रेजीमा ‘Saven Thursday Six harendra sixtey’ लेखेका थिए, जसले सबैलाई अचम्ममा पार्यो।
चेकको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त घटना ‘ट्राेल’ काे विषय बनेको थियो। सञ्जालमा उक्त विषय भाइरल भएसँगै जिल्ला शिक्षा कार्यालयले तत्कालै छानबिन सुरु गर्यो। प्रारम्भिक प्रतिवेदनमा शिक्षकद्वारा लेखिएका सबै शब्दहरू गलत रहेको र यसले विभागको छवि धूमिल गरेको उल्लेख गरिएको छ।
रिपोर्टका आधारमा राज्य विद्यालय शिक्षा विभागले शनिबार अत्तर सिंहलाई निलम्बन गर्ने निर्णय गरेको हो। आदेशमा भनिएको छ कि उक्त कार्यले राज्य सरकार र शिक्षा विभागलाई जनसमक्ष असहज स्थिति सिर्जना गरेको र विभागको प्रतिष्ठामा आँच पुर्याएको छ।
शिक्षक अत्तर सिंह प्रधानमन्त्री पोषण योजनाका इन्चार्जका रूपमा कार्यरत थिए। उनले स्पष्टीकरण दिँदै भनेका छन्, ‘त्यो समय मानसिक रूपमा अलमलिएको कारणले गल्ती भएको हो, मेरो ध्यान अन्यत्र गएको थियो।’
निलम्बन अवधिमा उनको कार्यस्थल सरकारी माध्यमिक विद्यालय हरिपुरधार (सिरमौर) तोकिएको छ। साथै, विद्यालयका प्राचार्यले पनि सो चेकमा हस्ताक्षर गरेको कारण विभागले उनीमाथि पनि कारबाही गर्ने तयारी गरेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण