विराटनगरको बाढी प्रभावित क्षेत्रमा पूर्वमन्त्री मण्डलको स्थलगत अवलोकन
सोमबार, २० असोज २०८२, १५ : १०
सारांश
- अविरल वर्षाका कारण विराटनगर-१६ का बस्तीहरू डुबानमा परेका छन्।
- माओवादी केन्द्रका नेता शिवकुमार मण्डलले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरे।
- उनले उद्धार र पुनःस्थापनामा तीव्रता दिन आग्रह गर्दै पार्टीलाई खटिन आह्वान गरे।
विराटनगर । अविरल वर्षाका कारण उत्पन्न बाढीले बिराटनगर महानगरपालिका–१६ का विभिन्न बस्तीहरू डुबानमा परेका छन्। सोही सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शिवकुमार मण्डलले आज योङ कम्युनिष्ट लिग नेपालका प्रतिनिधिहरूसहित प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।
अवलोकनका क्रममा पूर्वमन्त्री मण्डलले प्रभावित जनसमुदायसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै तत्काल उद्धार र पुनःस्थापना कार्यमा तीव्रता दिन सम्बन्धित निकायहरूलाई आग्रह गरेका छन् ।
उनले पार्टीका सम्पूर्ण संरचना, जनवर्गीय र भातृ सङ्गठनहरूलाई उद्धार, राहत तथा सहयोग कार्यमा सक्रिय भई खटिन आह्वान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण