बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
फोटोफिचर

सुनसान सिंहदरबार, दोहोरो सूचनाले अन्योलमा देखिए सरकारी कर्मचारी (तस्बिरहरू)

सोमबार, २० असोज २०८२, १६ : ०८
सोमबार, २० असोज २०८२

सारांश

  • काठमाडौं जिल्ला प्रशासनले सोमबारको सार्वजनिक बिदा खारेज गर्यो।
  • गृह मन्त्रालयको निर्णय अनुसार प्रशासनले बाढी र पहिरोको जोखिमका कारण यस्तो निर्देशन दिएको थियो।
  • अधिकांश सरकारी कार्यालय खुलेनन्, कर्मचारीको उपस्थिति निकै कम देखियो, र मन्त्रालयमा अन्योलता थियो।

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सोमबारका लागि दिइएको ‘सार्वजनिक बिदा’ खारेज गर्‍यो । अविरल वर्षासँगै बाढी र पहिरोको जोखिमका कारण गृह मन्त्रालयको निर्णय बमोजिम प्रशासनले यस्तो निर्देशन दिएको थियो । प्रशासनको निर्देशन अनुसार अनुसार आज सबै सरकारी कार्यालय खुल्नुपर्थ्यो । 

singhadurbar (2)

तर, आज काठमाडौँमा अधिकांश सरकारी कार्यालय खुलेनन् । यहाँसम्म कि सिंहदरबारमा मन्त्रालयमा पनि कर्मचारीको उपस्थिति निकै कम देखिन्थ्यो । सम्बन्धित मन्त्रीको सचिवालयमा कार्यरत कर्मचारी बाहेक मन्त्रालयका अन्य कर्मचारीहरू कार्यालयमा उपस्थित थिएनन् । 

मन्त्रालयमा भेटिएका कर्मचारीहरू नै आज सार्वजनिक बिदा भए नभएकोबारे अन्योलमा थिए । सिंहदरबारस्थित एक मन्त्रीको सचिवालयमा भेटिएका कर्मचारी आज सार्वजनिक बिदा रहेको बताउँदै थिए ।  ‘हामी सचिवालयमा भएकोले मात्रै आएका हौँ, आज सार्वजनिक बिदा नै हो, प्रशासनले अत्यावश्यक सेवा मात्रै दिनु भनेको हो,’ ती कर्मचारीले भने ।

singhadurbar (3)

सञ्चार मन्त्रालयमा भेटिएका अर्का कर्मचारी भने आज सार्वजनिक बिदा नभएको बताउँदै थिए । ‘आज पहिलो दिन भयो, उपत्यका बाहिर गएकाहरू आउन पनि समस्या भयो, त्यही भएर उपस्थिति कम भएको हो, बिदा चाहिँ होइन,’ ती कर्मचारीको भनाइ थियो । 

सिंहदरबारका मन्त्रालयमध्ये आज ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सङ्घीय मामिला मन्त्रालयमा केही चहलपहल देखिन्थ्यो । अर्थ मन्त्रालयमा विभिन्न विभागका प्रमुखहरू आउट ड्रेसमा आएका देखिन्थे । अन्य मन्त्रालय भने सुनसानजस्तै देखिन्थ्यो, केही मन्त्रालयको भने गेट नै बन्द समेत देखिन्थ्यो । 

singhadurbar (4)singhadurbar (5)singhadurbar (6)singhadurbar (7)singhadurbar (8)singhadurbar (9)singhadurbar (10)singhadurbar (11)singhadurbar (12)singhadurbar (13)singhadurbar (14)singhadurbar (15)singhadurbar (16)singhadurbar (17)singhadurbar (18)singhadurbar (19)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप