इलाममा सवारी साधन आंशिक रूपमा सञ्चालन
सोमबार, २० असोज २०८२, २२ : ३३
सारांश
- इलाम र झापाको सिमाना जोरखोलादेखि माइखोलासम्म एकतर्फी सवारी सञ्चालन हुने भएको छ।
- यात्रुवाहक सवारीसाधन मात्रै सञ्चालन गर्न पाइनेछ, अन्य सवारीलाई अर्को सूचना नआएसम्म रोक लगाइएको छ।
- पाँचथरबाट इलाम आउने राजमार्ग अवरुद्ध रहेकाले ताप्लेजुङ र पाँचथरका सवारीलाई प्रवेश निषेध गरिएको छ।
इलाम । इलाम र झापा जिल्लाको सिमाना जोर कलशदेखि माइखोलासम्म सवारी साधन सञ्चालन भएका छन् जिल्ला प्रशासन कार्यालय इलामले सोमबार एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो ।
सो सडक खण्डमा एकतर्फी बाटो सञ्चालन भएको विज्ञप्तिमा जनाइएको छ । साथै यात्रुवाहक सवारी मात्र आवागमन गर्न सकिने जनाइएको छ । अन्य सवारी साधनको हकमा भने अर्को सूचना जारी नभएसम्मका लागि आवागमन बन्द रहने समेत विज्ञप्तिमा जनाइएको छ ।
त्यस्तै पाँचथरबाट इलाम आउने राजमार्ग अझै अवरुद्ध भएकोले ताप्लेजुङ र पाँचथरबाट आउने सवारी साधनलाई पनि पूर्णरुपमा प्रवेश निषेध गरिएको विज्ञप्तिमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण