सुँगुर फार्ममा बाढी पस्दा रु ८० लाख बराबरको क्षति
सारांश
- लगातारको वर्षापछि सर्दु-सेरा खोलामा आएको बाढीले रामधुनी नगरपालिकामा रहेको कृषि फार्ममा क्षति पुर्यायो।
- बाढीले २०० भन्दा बढी सुँगुर बगाउँदा फार्म सञ्चालकलाई ८० लाखभन्दा बढीको क्षति भयो।
- फार्ममा १६ जनाले रोजगारी पाएका थिए भने ३०० भन्दा बढी सुँगुर रहेकोमा अहिले ७० वटा मात्र बाँकी छन्।
सुनसरी । गत शुक्रबारदेखि लगातार परेको अविरल वर्षापछि सर्दु–सेरा खोलामा आएको बाढीका कारण रामधुनी नगरपालिका–८ स्थित झुम्का अर्ग्यानिक कृषि फार्ममा क्षति पुगेको छ । बाढीका कारण फार्ममा रहेका २०० भन्दा बढी सुँगुर बगाउँदा करिब रु ८० लाखभन्दा बढीको क्षति भएको फार्म सञ्चालक भरत कार्कीले बताए ।
मलेसियामा तीन वर्ष काम गरेर फर्किएपछि कार्कीले विसं २०७४ मा फार्म सञ्चालन गरेका कार्कीले करिब चार बिघामा फैलिएको फार्ममा १६ जनाले रोजगारी दिइरहेका छन् ।
उनका अनुसार फार्ममा ३०० भन्दा बढी सुँगुर थिए । शनिबार रातिको बाढीले ठूला माउ सुँगुरदेखि साना बच्चासम्म गरी २०० भन्दा बढी सुँगुर बगाएको उहाँको भनाइ छ । फार्ममा अहिले करिब ७० वटा सुँगुर बचेका छन् । बच्चा सुँगुरमध्ये ४० भन्दा बढी पानीमा डुबेर मरेका छन् भने मासु उत्पादनका लागि तयारी अवस्थामा रहेका सुँगुरहरू बाढीले बगाएर लगेको उनले बताए ।
उनले भने, “भारी वर्षापछि फार्ममा एक्कासि बाढी पस्यो, सुँगुरहरू आत्तिएर खोर नाघेर खोलातर्फ हाम फाल्न थाले, हामी फार्मको पारी पट्टी थियौँ, उनीहरूलाई बचाउन सकिएन, फार्मको ढोका र झाडीमा अल्झिएर बचेका केही सुँगुर मात्र अहिले बाँकी छन् ।” उहाँले कुखुरा फार्म खोलाभन्दा केही पर भएकाले जोगिएको बताए । उक्त फार्ममा करिब ३० हजार कुखुरा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण