कास्की कारागारमा फर्किएनन् ३ सय कैदीबन्दी, १४ विदेशी पनि फरार
सारांश
- पोखराको कास्की कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै २९९ जना फर्केका छैनन्।
- फरार कैदीबन्दीलाई असोज २० गतेसम्म फर्किन म्याद दिइएको थियो, तर उनीहरू फर्किएनन्।
- अब फरार कैदीबन्दीलाई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ।
पोखरा । जेनजी प्रदर्शनका क्रममा भागेका कास्की कारागारका कैदीबन्दीमध्ये अझै ३ सय जना फर्किएका छैनन् । कारागारमा रहेका ७ सय ७३ कैदीबन्दी मध्ये हालसम्म ४ सय ७४ जना मात्रै फर्किएका कारागारले जनाएको छ ।
अझै २ सय ९९ जना फरार रहेका कारागार प्रमुख रमेश शर्माले जानकारी दिए । उनका अनुसार फरारमध्ये १४ जना विदेशी छन् । कारागारमा ७ सय ३८ पुरुष र ३५ जना महिला थिए ।
भागेका कैदीबन्दी नफर्किएपछि कारागारले तुरुन्त फर्किन पुनः सूचित गरेको थियो । कैदीबन्दीलाई फर्किनका लागि असोज २० गतेसम्म म्याद दिइएकोमा अझै ३ सय जना बाहिरै रहेका हुन् । अब उनीहरूलाई कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिइएको छ ।
निर्धारित समयभित्र उपस्थित नभएलाई कारागार ऐन २०७९ तथा अन्य प्रचलित कानुनबमोजिम कडा कारबाही हुने शर्माले बताए । यस्तै, फरार कैदीबन्दीहरुलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी प्रचलित कानुनबमोजिम कारबाही हुने सूचना जारी गरिएको छ ।
कारागार कार्यालय कास्कीले फरार कैदीबन्दीहरुका सम्बन्धमा कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा निम्न सम्पर्क नम्बरमा जानकारी गराइदिन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण