युक्रेनी ड्रोन आक्रमणका कारण क्रिमिया तेल डिपोमा आगलागी
मङ्गलबार, २१ असोज २०८२, १५ : २७
मस्को । रूसको कब्जामा रहेको क्रिमियाको फियोडोसिया तेल डिपोमा ठुलो आगलागी भएको छ ।
सो क्षेत्रमा केही बाक्लो बादल भए पनि सेटलाइट इमेजमा डिपोमा ठुलो आगलागीको झलक देखिएको बीबीसीले समाचारमा भनेको छ । आगलागी युक्रेनी ड्रोन आक्रमणका कारण भएको बताइएको छ ।
प्लेनेट ल्याबले सोमबार बिहान १२ः०० बजे (१०ः०० बीएसटी)मा खिचेको सेटलाइट तस्बिरले फियोडोसियाको भण्डारण स्थलको उत्तरी किनारमा रहेको इन्धन ट्याङ्कीहरूमाथिबाट धुवाँको ठुलो मुस्लो उठिरहेको देखाएको छ ।
दक्षिण–पश्चिममा लगभग २०० मिटर (६६० फिट) मा दुई अन्य तेल ट्याङ्कीहरू जलेको देखिएको छ । यो डिपोमा आगलागी भएको एक वर्षमा यो दोस्रो पटक हो । एक वर्षअघि पनि युक्रेनी आक्रमणका कारण डिपोमा आगलागी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण