शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

जेनजी प्रतिनिधिले भने– भोलि र पर्सि सडकमा जाने योजना छैन

मङ्गलबार, २१ असोज २०८२, १६ : ११
मङ्गलबार, २१ असोज २०८२

सारांश

  • जेनजीका प्रतिनिधिहरूले अक्टोबर ८ र ९ मा सडक आन्दोलनको योजना नरहेको बताए।
  • उनीहरूले सरकारलाई कानुन कार्यान्वयन गर्न र देशमा रक्तपात नचाहिने बताए।
  • जेनजीले न्याय नपाएसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने कुरा जेम्स कार्कीले बताए।

काठमाडौँ । जेनजीका केही प्रतिनिधिहरूले अक्टोबर ८ र ९ मा जेनजी पुस्ता आन्दोलनका लागि सडकमा जाने कुनै कार्यक्रम नरहेको प्रस्ट पारेका छन् । मंगलबार जनेजी आन्दोलनमा मृत्युवरण गरेका र घाइतेहरूका तर्फबाट जाहेरी लिएर जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका उनीहरूले परिसर क्षेत्रमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

‘अक्टोबर ८ र ९ सडकमा उत्रेर कुनै पनि आन्दोलन गर्ने योजना छैन, हामी देशमा रक्तपातमा चाहँदैनौँ’, जेनजी अगुवा ओजस्वी थापाले भने, ‘घरमा बसेका राजनीतिक दलहरूलाई आग्रह गर्छौ–सरकारलाई कानुन कार्यान्वयन गर्न दिनुस् । ’

उनले सरकार र प्रहरी प्रशासन लगायत सरकारी निकायलाई कानुन कार्यान्वयनमा सघाउन आग्रह गरे । अर्का जेनजी प्रतिनिधि

जेम्स कार्कीले जेनजीले न्याय नपाएसम्म आन्दोलन नरोक्ने तर त्यो आन्दोलन शान्तिपूर्ण, अर्थपूर्ण हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप