बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रौतहटमा करेन्ट लागेर मोटरसाइकल ग्यारेज सञ्चालकको मृत्यु

मङ्गलबार, २१ असोज २०८२, १९ : ०३
मङ्गलबार, २१ असोज २०८२

सारांश

  • रौतहटको बौधिमाई नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा २४ वर्षीय सन्तोष राय यादव रहेका छन्, जो मोटरसाइकल ग्यारेज सञ्चालक थिए।
  • ग्यारेजमा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो।

रौतहट । रौतहटको सीमावर्ती बौधिमाई नगरपालिका–८ हनुमान चौकमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा बौधिमाई नगरपालिका–६ पिपरिया टोलका २४ वर्षीय सन्तोष राय यादव रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए। यादव हनुमान चौकमा मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका थिए।

मङ्गलबार दिउँसो करिब सवा ३ बजे यादव ग्यारेजमा मोटरमार्फत पानी तान्ने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका थिए। घाइते यादवलाई तत्काल उपचारका लागि स्थानीय चन्द्र ज्योति कान्ति अस्पताल, बंकुल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरे।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। घटना सम्बन्धमा प्रहरी चौकी बंकुलबाट खटिएको टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप