उत्तरी गोरखामा असोजमै हिमपात
सारांश
- उत्तरी गोरखाको साम्दोमा यो वर्ष असोजमै हिमपात भयो, जसले जनजीवनमा सामान्य असर गर्यो।
- स्थानीयका अनुसार, असोजमा परेको हिउँ जाडोको भन्दा गह्रुँगो हुने र बालीमा असर पार्न सक्ने सम्भावना छ।
- मौसम सफा भएपछि किसानहरू खेतीबाली भित्र्याउने तयारीमा लागेका छन्, र पर्यटकहरू हिमपातले उत्साहित भएका छन्।
गोरखा । पुस, माघ लागेपछि मात्रै हिउँ पर्ने उत्तरी गोरखामा यो वर्ष असोजमै हिमपात भएको छ । हिमालपारिको चुमनुब्री गाउँपालिका–१ साम्दोमा सोमबार हिमपात भएको हो ।
असोजमै हिमपात भएपछि जनजीवन सामान्य प्रभावित बनेको साम्दोका स्थानीय निमा ग्याल्जेन लामाले बताए । “जाडो मौसममा पर्ने हिउँभन्दा अहिले परेको हिउँ धेरै गहुङ्गो हुन्छ । यस्तो हिउँले आलुलगायत बालीमा असर पुर्याउँछ”, उनले भने, “हाल बाक्लो हिमपात नभएकाले खेतीबालीमा असर देखिएको छैन ।”
लामाका अनुसार आज दिउँसोबाट अलिअलि घाम लाग्न थालेकाले हिउँ बिस्तारै पग्लिँदै गएको छ । अब मौसम सफा हुने बित्तिकै खेतीबाली भित्र्याउने तयारीमा आमकिसान छन् ।
साम्दो समुद्री सतहबाट तीन हजार ८९० मिटर उचाइमा अवस्थित छ । यहाँ आलु र फापर मात्र उत्पादन हुन्छ । साम्दोवासीको मुख्य व्यवसाय पर्यटन हो । हिउँ परेपछि पर्यटक भने उत्साहित भएका छन् ।
मनास्लु आरोहणको सिजन सुरु भएसँगै गाउँमा पर्यटकको चहलपहलसमेत बढेको स्थानीयले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण