अमेरिकी राष्ट्रपति ट्रम्प र क्यानडाका प्रधानमन्त्री कार्नीबिच भेटवार्ता
सारांश
- क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता भयो।
- कार्नीले क्यानाडाबाट अमेरिकामा सर्दै गरेका कम्पनी र करका बारेमा छलफल गर्ने कुरा भएको छ।
- क्यानाडा र अमेरिकाबीचको आर्थिक सम्बन्ध र व्यापार सम्झौताका विषयमा छलफल हुने बताइएको छ।
वासिङ्टन । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले मङ्गलबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन्।
कार्नी अप्रिलपछि ओभल अफिसमा दोस्रो पटक पुगेका हो । अन्य अमेरिकी सहयोगीहरू जस्तो क्यानडाले अझै पनि ट्रम्पको व्यापार युद्धबाट पार पाउनका लागि वासिङ्टनसँग सम्झौता गरेको छैन।
६० वर्षीय पूर्व केन्द्रीय बैङ्कर एक वर्ष भन्दा कम समय अघि राजनीतिमा प्रवेश गरेका उनी अहिले घरेलु रूपमा बढ्दो आलोचनाको सामना गरिरहेका छन् । उनले आफ्नो व्यापक सङ्कट व्यवस्थापन अनुभवको बारेमा अभियान चलाएका थिए ।
एक दिनअघि ट्रम्पले कार्नीको भ्रमणबारे सोधिएको प्रश्नमा भनेका थिए, “मलाई लाग्छ उहाँले करको बारेमा छलफल गर्न चाहनुभएको छ किनकि क्यानाडाबाट धेरै कम्पनीहरू संयुक्त राज्य अमेरिकामा सर्दैछन्।”
अमेरिकी राष्ट्रपतिमा निर्वाचित भए लगत्तै ७९ वर्षीय ट्रम्पले क्यानाडालाई ‘५१ औँ राज्य’ बनाउने धारणा राखेका थिए भने हालसालै आफ्नो उक्त इच्छा दोहोर्याएका छन् । यो मुद्दाले कार्नीको अघिल्लो भ्रमण अघि तनाव निम्त्याएको थियो।
क्यानाडा सरकारले भनेको छ, “कार्नीको भ्रमणको क्रममा उहाँले द्विपक्षीय सम्बन्ध पुनर्स्थापना गर्न र ‘क्यानाडा र संयुक्त राज्य अमेरिका बीचको नयाँ आर्थिक र सुरक्षा सम्बन्धमा साझा प्राथमिकताहरू’ बारेमा छलफल गर्नुहुनेछ।”
बेलायत र युरोपेली सङ्घजस्ता अमेरिकाका अन्य सहयोगीहरू जस्तो क्यानडाले आफ्नो उत्तर अमेरिकी छिमेकीसँग विस्तृत व्यापार सम्झौताका लागि सम्झौता गरेको छैन।
संयुक्त राज्य अमेरिका क्यानाडाको मुख्य आर्थिक साझेदार हो, क्यानाडाको निर्यातको ७५ प्रतिशत यसको दक्षिणी सीमामा बेचिन्छ। दोस्रो त्रैमासिकमा क्यानडाको कुल गार्हस्थ्य उत्पादन १.५ प्रतिशतले घटेको छ ।
ट्रम्पले यसअघि नै काठ, आल्मुनियम, स्टिल र सवारी साधनमा कर लगाइसकेका छन् । सोमबार उनले नोभेम्बर १ देखि सुरु हुने गरी ठुला ट्रकमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण