सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

बुधबार, २२ असोज २०८२, १२ : ११
बुधबार, २२ असोज २०८२

सारांश

  • बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा राप्ती सोनारी गाउँपालिका-५, उर्लिहवाका ३० वर्षीय प्रेम थारू रहेका छन्।
  • पीडित किशोरीको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ।

बाँके । बाँकेमा जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा राप्ती सोनारी गाउँपालिका-५, उर्लिहवा बस्ने ३० वर्षीय प्रेम थारू रहेका छन्। उनलाई १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग लागेको छ।

पीडित किशोरीले उजुरी दिएपछि ईलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरी टोलीले प्रेम थारूलाई मंगलबार दिउँसो पक्राउ गरेको हो। प्रहरीले यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप