प्लेनमा आपत्तिजनक तस्बिर हेर्दा जापानी फुटबल अधिकारीलाई सजाय
सारांश
- जापान फुटबल संघका अधिकारी कागेयामालाई बाल यौन दुर्व्यवहारको आरोपमा फ्रान्समा १८ महिनाको निलम्बित जेल सजाय सुनाइयो।
- उनले पेरिस विमानस्थलमा ट्रान्जिटका क्रममा आपत्तिजनक तस्बिर हेरेको स्वीकार गरे, तर फ्रान्समा यो गैरकानुनी हो भन्ने थाहा नभएको बताए।
- अदालतले उनलाई जरिवाना र नाबालिगहरूसँग काम गर्न प्रतिबन्ध लगायो, भने जेएफएले उनको करार रद्द गर्दै माफी माग्यो।
टोकियो । जापान फुटबल संघ (जेएफए) का वरिष्ठ अधिकारी मासानागा कागेयामालाई विमानमा बाल यौन दुर्व्यवहार झल्कने तस्बिरहरू हेरेको आरोपमा फ्रान्समा १८ महिनाको निलम्बित जेल सजाय सुनाइएको छ।
टेक्निकल डाइरेक्टर रहेका कागेयामा गत हप्ता पेरिसको चार्ल्स डी गौले विमानस्थलमा ट्रान्जिटको क्रममा पक्राउ परेका थिए। उनले तस्बिर हेरेको स्वीकार गर्दै फ्रान्समा यो गैरकानुनी हो भन्ने जानकारी नभएको दाबी गरेका थिए। उनी चिलीमा हुने अन्डर-२० विश्वकपका लागि जाँदै थिए।
एयर फ्रान्सको बिजनेस क्लासमा ल्यापटप प्रयोग गरिरहेका कागेयामालाई उडान दलका सदस्यले आपत्तिजनक तस्बिर हेरिरहेको देखेर खबर गरेका थिए। प्रहरीसँगको सोधपुछमा उनले ती तस्बिरहरूलाई ‘कला’ र एआई उत्पादित भन्दै पन्छिन खोजेका थिए।
सोमबार अदालतले ५८ वर्षीय कागेयामालाई १८ महिनाको निलम्बित जेल सजाय, ५ हजार युरो जरिवाना र १० वर्षसम्म नाबालिगहरूसँग काम गर्न वा फ्रान्स फर्कन नपाउने गरी प्रतिबन्ध लगाएको छ।
जेएफएले यो घटना फुटबल जगतका लागि अस्वीकार्य भएको बताउँदै कागेयामाको करार तत्कालै रद्द गरेको छ। संघका अध्यक्ष त्सुनेयासु मियामोतोले घटनाका लागि माफी माग्दै संघको सुशासन प्रणालीको पुनरावलोकन गर्ने बताएका छन्। –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण