चिया पिउनेबित्तिकै महिलालाई भयो पक्षघात
सारांश
- स्कटल्याण्डकी करिना ह्वाइटलाई चिया पिउँदा बेल्स पाल्सी नामक रोग लागेको थियो, जसले उनको अनुहारमा पक्षाघात गरायो।
- उनलाई अस्पतालमा भर्ना गरी उपचार गरियो, तर घर फर्केपछि उनलाई खानपिन र सुत्नमा कठिनाइ भयो।
- बेल्स पाल्सी अनुहारको पक्षाघातको सामान्य कारण हो र उनको अवस्था बिस्तारै सुधार हुँदै गएको छ।
एडिनबर्ग । स्कटल्याण्ड निवासी करिना ह्वाइटका लागि एक कप चिया निकै महँगो साबित हुन पुग्यो । छोरी जन्मिएपछि उनको जीवनमा खुसी फर्किएको थियो तर एक कप चियाले सारा खुसी लुटिदियो । ३० वर्षीया करिनाले अगस्ट ८ मा आफ्नी छोरी म्याकेन्जीलाई जन्म दिइन् । यसको दस दिनपछि एकाबिहानै सोफामा बसेर चिया पिउँदै उनी आफ्नी नवजात छोरीलाई स्तनपान गराइरहेकी थिइन् । त्यहीँ एक घुट्को चियाले उनलाई मृत्युको मुखसम्म पुर्यायो ।
केही मिनेटमै उनको अनुहारको आधा भाग बाङ्गो हुन थाल्यो । सुरुमा, करिनाले एलर्जी हो कि भन्ने सोचिन् । तर अनुहार विकृत हुँदै गएपछि स्ट्रोकको शंका पनि लाग्यो । उनी आत्तिइन र अस्पताल पुगिन् । डाक्टरहरूले उनको जाँच गरे । यो न त एलर्जी थियो न त स्ट्रोक नै । यो एउटा रहस्यमय बिमारी, बेल्स पाल्सी थियो । बेल्स पाल्सी त्यस्तो अवस्था हो जसमा अनुहारको एक भागको मांसपेशी अचानक कमजोर हुन्छ वा यसमा पक्षाघात हुन्छ । यो अवस्था अस्थायी हुन्छ, तर अत्यन्तै पीडादायी हुन्छ ।
उनलाई उपचारको लागि पाँच दिनसम्म स्टेरोइड औषधि दिइएको थियो । तर वास्तविक कठिनाइ घर फर्केपछि सुरु भयो । खानपिन गर्न पनि उनलाई निकै सकस थियो । पानी पिउँदा आफ्नो मुखबाट पानी चुहिने उनले बताइन् । पानी नखसोस् भनेर उनले ओठलाई औँलाले थिच्थिन् । खाना खाँदा उनको अनुहारभरि खाना लाग्थ्यो । मिररको रिपोर्ट अनुसार, सुत्दा उनको देब्रे आँखा कहिल्यै बन्द हुँदैनथ्यो, त्यसैले उनले हरेक रात सुत्नअघि आँखामा टेप लगाउनु पर्थ्यो । ‘आँखालाई सुख्खा हुनबाट रोक्न बेला बेलामा मैले आँखालाई औँलाले बन्द गर्नुपर्थ्यो,’ करीनाले भनिन् ।
उनले आफ्नो अनुहारको एउटा भिडियो शेयर गरेकी छिन् । सो समय आफ्नो लागि निकै चुनौतीपूर्ण रहेको उनले बताइन् । नवजात सन्तानको जिम्मेवारी र रोगले उनलाई साह्रै निराश बनाएको थियो । यद्यपि, उनको अवस्था बिस्तारै सुधार हुँदै गइरहेको छ । डाक्टरहरूले पूर्ण रूपमा निको हुने आश्वासन दिएपनि उनको मनको डर हटेको छैन । बेल्स पाल्सी पक्षाघात बेलायतमा अनुहारको पक्षाघातको सबैभन्दा सामान्य कारण भएको राष्ट्रिय स्वास्थ्य संस्था ‘एनएचएस’ले भनेको छ । यसका लक्षणहरूमा अनुहारको कमजोरी, मुस्कुराउन गाह्रो हुनु, आँखा सुख्खा हुने र बोल्न गाह्रो हुने आदि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण