बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पछिल्लो २४ घण्टामा २७ जनामा डेंगु सङ्क्रमण पुष्टि

बुधबार, २२ असोज २०८२, १७ : ३३
बुधबार, २२ असोज २०८२

सारांश

  • पछिल्लो २४ घण्टामा २७ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।
  • हालसम्म देशभर ५ हजार ५४२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।
  • बागमती प्रदेशमा सबैभन्दा धेरै डेंगुका बिरामी फेला परेका छन्।

काठमाडौँ । पछिल्लो २४ घण्टामा २७ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ‘इडीसीडी’ का अनुसार पछिल्लो सात दिनमा १९० जना नयाँ सङ्क्रमित थपिएका छन् ।

महाशाखाका अनुसार अहिले डेंगुका बिरामी ७५ वटै जिल्लामा देखिएका छन् ।  बागमती प्रदेशमा सबैभन्दा धेरै ९४ जना, लुम्बिनीमा ३९, सुदूरपश्चिममा २१, गण्डकीमा १५, कोशीमा ९, कर्णालीमा ८ र मधेस प्रदेशमा ४ जनामा डेंग सङ्क्रमण पुष्टि भएको छ ।

सन् २०२५ जनवरी १ देखि हालसम्म देशभर ५ हजार ५४२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको इडीसीडीको तथ्याङ्कमा उल्लेख गरिएको छ । तथ्यांकअनुुसार गण्डकी प्रदेशमा १३ सय ५६, बागमतीमा १३ सय १४, लुम्बिनीमा ९ सय ७३, कोशीमा ७ सय ८५, सुदूरपश्चिममा ६ सय ६७, कर्णालीमा ३ सय २८ र मधेस प्रदेशमा ११९ जना सङ्क्रमित देखिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप