ओलीले भक्तपुरमा आज विशेष सम्बोधन गर्ने
बिहीबार, २३ असोज २०८२, ०९ : २९
सारांश
- केपी शर्मा ओलीले भक्तपुरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।
- कार्यक्रम नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको हो, जहाँ समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।
- अध्यक्ष ओलीले देशको असामान्य परिस्थिति र नेताहरूको भूमिकाबारे प्रस्ट पार्नेछन्, जसमा महासचिव पोखरेललगायत नेताहरूको सहभागिता रहनेछ।
भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (बिहीबार) भक्तपुरमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले सूर्यविनायक नगरपालिका ७ गुण्डुमा आयोजना गरेको कार्यक्रमलाई ओलीले सम्बोधन गर्न लागेका हुन् ।
समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा अध्यक्ष ओलीले पछिल्लो समय देशमा उत्पन्न असामान्य परिस्थिति र नेता कार्यकर्ताहरूले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा स्पष्ट पार्ने बताइएको छ ।
कार्यक्रममा पार्टी महासचिव शङ्कर पोखरेल लगायत पार्टीका विभिन्न तहका नेताहरू पनि सहभागी हुने भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण