एकता चाहिएको बेला पुनर्गठनको बहस असान्दर्भिक : भानुभक्त ढकाल
सारांश
- भानुभक्त ढकालले पार्टीमा पुनर्गठनको बहसलाई अहिले असान्दर्भिक भनेका छन्।
- उनले पार्टीभित्र एकताको खाँचो औंल्याए, र उचित फोरमबाट यसको समाधान हुने बताए।
- ढकालले पार्टी पुनर्गठनको नाममा भइरहेका प्रचारबाजीलाई उपयुक्त नभएको बताए।
भक्तपुर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वयका प्रमुख भानुभक्त ढकालले पार्टीलाई चौतर्फी आक्रमण भइरहेका बेला पार्टीभित्र पुनर्गठनको बहस उठाउनु असान्दर्भिक भएको बताएका छन् ।
पार्टीको भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै ढकालले एमालेमा नेतृत्वको गठन र पुनर्गठन भइरहने भएकोले यसको पनि उचित फोरमबाट निक्र्यौल हुने बताए ।
‘एमालेमा नेतृत्वको गठन र पुनर्गठन स्वभाविक हो । यो हुन्छ नै तर अहिले बैरीले आक्रमण गरेका बेला एकता चाहिन्छ’ ढकालले भने, ‘यस्तो विषय पार्टीको महाधिवेशन वा केन्द्रीय कमिटीले किनारा लगाउन सक्छ । तर अहिले पार्टी भित्र एकताको खाँचो छ ।’
पार्टी पुनर्गठनका नाममा अनेक प्रकारका प्रचारबाजी गर्नु उपयुक्त नभएको भन्दै ढकालले भदौ २० देखि २२ गते सम्म भएको दोस्रो विधान महाधिवेशनले तय गरेको बाटोमा जेनजी आन्दोलनले उठाएका सही एजेण्डालाई पार्टीले समेट्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण