कांग्रेसको पदाधिकारी बैठक बस्ने स्थान होटल हिमालयबाट पार्टी कार्यालयमै सारियो
सारांश
- नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालयमा बस्ने भएको छ, पहिले होटलमा बस्ने भनिएको थियो।
- बैठक आइतबारको केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा तय गर्न सभापति देउवाले बोलाएका हुन्, तर उनी अनुपस्थित रहने सम्भावना छ।
- गत भदौमा भएको जेनजी आन्दोलनपछि कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको यो पहिलो भौतिक बैठक हो।
काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक पार्टी कार्यालयमै बस्ने भएको छ । यसअघि पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी बैठक ललितपुरको होटल हिमालयमा बस्ने जानकारी गराएका थिए ।
तर, बिहीबार मध्याह्न पौडेलले नै बैठक पार्टी केन्द्रीय कार्यालयमै बस्नेगरी तय भएको भन्दै पदाधिकारीहरूलाई जानकारी गराएका छन् ।
दिउँसो १ बजेबाट बस्ने भनिएको बैठक अझै सुरु भएको छैन । यद्यपि नेताहरू भने पार्टी कार्यालय पुग्ने क्रम जारी छ ।
सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको जानकारी दिइन् ।
असोज २६ गते आइतबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा तय गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । तर, बैठकमा देउवा उपस्थित नहुने देखिएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा देउवा उपस्थित हुने सम्भावना कमै रहेको जानकारी दिए । देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले पदाधिकारी बैठक सञ्चालन गर्ने तयारी छ ।
कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलो पटक भौतिक रूपमा बस्न लागेको हो ।
प्रदर्शनका क्रममा भदौ २४ गते सभापति देउवा र उनीकी पत्नी एवं तत्कालीन परराष्ट्रमन्त्री डा आरजु राणा देउवामाथि बूढानीलकण्ठस्थित निवासमा आन्दोलनकारीले सांघातिक हमला गरी घाइते बनाएका थिए । सभापति देउवाको गर्दनमा गहिरो चोट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण