मालपोतको स्रेस्ता कायम गराउने सूचनाको विरोधमा पोखरेली
सारांश
- कास्की मालपोत कार्यालयले जग्गा स्रेस्ता कायम गर्न जारी गरेको सूचनाको पोखरा उद्योग वाणिज्य संघले विरोध गरेको छ।
- संघले अव्यवहारिक भन्दै सच्याउन माग गरेको छ, जसमा ११ प्रकारका कागजात पेश गर्नुपर्ने उल्लेख छ।
- कार्यालयमा आगजनी हुँदा कागजात जलेकाले सेवाग्राहीलाई समस्या भएको र अर्को सूचना नआएसम्म सेवा बन्द रहने जनाइएको छ।
पोखरा । जग्गाको स्रेस्ता कायम गर्नका लागि भन्दै जिल्ला मालपोत कार्यालय कास्कीले जारी गरेको सूचनाको पोखरेलीले विरोध गरेका छन् । पोखरा उद्योग वाणिज्य संघले उक्त सूचना अव्यवहारिक भएको भन्दै सच्याउन माग गरेको छ । संघका अध्यक्ष गोकर्ण कार्कीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मालपोत कार्यालय कास्कीका निमित्त प्रमुख शोभाखर पोखरेललाई ज्ञापनपत्र बुझाएर अव्यवहारिक निर्णय सच्याउन ध्यानाकर्षण गराएको हो ।
मालपोत कार्यालय कास्कीले बुधवार जग्गाधनीले आफ्नो जग्गाको दर्ता स्रेस्ता पुनः कायम गर्नका लागि जग्गा रहेको स्थानीय तहबाट भोगसम्बन्धी किटानी सिफारिस, स्थायी ठेगाना भएको स्थानीय तहको जग्गाधनीको तीनपुस्ते खुलेको फोटो टाँससहितको किटानी सिफारिस, स्थलगत सर्जमिन मुचुल्का, नागरिकताको प्रमाणपत्र, जग्गाधनीसँग भएको सक्कल पुर्जा, पारित लिखत (जग्गा खरिदबिक्री वा बकसपत्र आदि) पेस गर्नुपर्ने कार्यालयले जनाएको छ ।
यस्तै, जग्गा रोक्का भएमा रोक्का राख्ने निकायको सहमति पत्र, चालु आर्थिक वर्षमा मालपोत बुझाएको रसिद, प्लष्ट रजिष्टर, फिल्डबुक र नक्सा, ३५ दिने सार्वजनिक सूचना र गुठी जग्गाको हकमा गुठी संस्थानको सहमति पत्र पनि पेस गर्नुपर्ने सूचना जारी गरेको थियो ।
सो सूचनाले सर्वसाधारणमा त्रास सिर्जना भएको तथा सूचनामा उल्लेखित ११ प्रकारका कागजात र प्रमाणहरू माग्नु अव्यवहारिक भएको संघको तर्क छ ।
ध्यानाकर्षण पत्रमा सरोकारवालालाई झन्झटिलो तथा अव्यवहारिक देखिएको सो व्यवस्थाको सट्टा गलत व्यक्तिले दुरुपयोग गर्न नमिल्ने गरी न्यूनतम् आधिकारिक प्रमाणहरूको आधारमा स्रेस्ता कायम गर्न माग गरिएको छ । उनीहरूले कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई पनि ज्ञापनपत्र बुझाएर सहजीकरणको लागि आग्रह गरेका छन् ।
जेनजी आन्दोलनको क्रममा जिल्ला मालपोत कार्यालयमा आगजनी हुँदा सबै कागजात खरानी भएको कार्यालयले जनाएको छ । झण्डै ३ लाख सेवाग्राहीको लालपूर्जा तत्काल बनाउन सम्भव पनि छैन । मालपोतका निमित्त प्रमुख पोखरेलले यसअघिको व्यवस्था अनुरूप नै सूचना जारी भएको र लालपूर्जाको सक्कल प्रति हुनेको हकमा कुनै समस्या नहुने बताए ।
संघको आग्रहपछि मालपोत कार्यालय कास्कीले अर्को सूचना जारी गर्दै अहिले मालपोत कार्यालय कास्कीमा भौतिक पूर्वाधार जलेको अवस्थामा रहेको तथा तत्काल सेवा प्रवाह गर्ने अवस्था नरहेकोले अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सेवा प्रदान गर्न नसकिने जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण