गृहमन्त्री नै अपराधीको ढाल बने : शंकर पोखरेल
सारांश
- एमाले महासचिव शंकर पोखरेलले गृहमन्त्री ओमप्रकाश अर्याल अपराधीको पक्षमा लागेको आरोप लगाए।
- उनले शान्ति सुरक्षाको अभावमा चुनाव हुन नसक्ने र गृहमन्त्रीले विद्रोहको नेतृत्व गर्न खोजेको आरोप लगाए।
- पोखरेलले जेलबाट भागेका कैदी नियन्त्रणमा लिन र लुटिएका हतियार फिर्ता गर्न गृहमन्त्रीको ध्यान नगएको बताए।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याल नै अपराधीको पक्षमा ढाल बनेको आरोप लगाएका छन् । बिहीबार एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले शान्ति सुरक्षाको अभावमा फागुन २१ को चुनाव हुन नसक्ने बताए ।
‘भदौ २४ पछिको अवस्था कस्तो भयो भन्ने कुरा विश्व बैंकको रिपोर्टले नै बताउँछ’, उनले भने, ‘के हाम्रा युवाहरूले खोजेको यही हो ?’
उनले भदौ २३ र २४ गतेको घटनामा निष्पक्ष छानबिन हुने वातावरण नरहेको भन्दै गृहमन्त्री प्रमाणित नै नभएको अवस्थामा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री पक्राउ गर्न आदेश दिने काममा अग्रसर भएको बताए ।
‘के गृहमन्त्री राज्य चलाउन खोजिरहेका छन् कि विद्रोहको नेतृत्व गर्न खोजिरहेका छन् ? गृहमन्त्री राज्य चलाउने हैसियत राख्दैनन् भन्ने उनको अभिव्यक्तिले देखाएको छ’, पोखरेलले भने, ‘उनी साँच्चै सरकारको गृहमन्त्री हुन् भने नेपालको संविधानअनुसार चल्न सक्नुपर्छ । ’
जेलबाट भागेका कैदी नियन्त्रणमा लिने, लुटिएका हतियार फर्काउने कुरामा गृहमन्त्रीको ध्यान नगएको भन्दै यस्तो अवस्थामा नेपालको मात्रै होइन अन्तर्राष्ट्रिय समुदायले समेत चासो देखाएको बताए ।
मुलुकको अस्मितामाथि धावा बोलेर मुलुक अघि बढ्न नसक्ने भन्दै उनले संविधान पक्षधरहरूलाई एक ठाउँमा आएर डीप स्टेटको खेलौना बनाउने षड्यन्त्र चिर्नुपर्ने र छिटोभन्दा छिटो संविधान र नागरिक सरकार बनाउनुपर्ने बताए । त्यसक्रममा उनले संकटको बेला पार्टी पुनर्गठनको कुरा गर्ने समय नभएको भन्दै नेताहरूलाई त्यसको पनि बेला आउने बताए ।
‘महाधिवेशनको संघारमा छौँ । कसैलाई लाग्छ भने कार्यकर्ताको मन जित्ने प्रणाली छ । सडकमा तमासा देखाउनुपर्दैन’, उनले भने, ‘संकटका बेलामा विभाजन होइन, एकताको खाँचो पर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण