दल दर्ताका लागि आइतबार निर्वाचन आयोग जाने तयारीमा रेशम चौधरी
सारांश
- रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता प्रक्रिया सुरु गरेका छन्।
- उनले आइतबार निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिने तयारी गरेका छन्।
- रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी छाडेर नयाँ पार्टी खोल्न लागेका हुन्, जसको कारण आन्तरिक विवाद हो।
काठमाडौँ । रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता प्रक्रिया सुरु गरेका छन् ।
उनले दर्ताका लागि चाहिने कागजात तयार गरिरहेका छन् । उनी आइतबार निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिने तयारीमा रहेको बताइएको छ । रेशम चौधरी भन्छन्, ‘तयारीमा लागेको छु, सम्भवतः आइतबार निर्वाचन आयोगमा गएर निवेदन दर्ता गराउँछु ।’
कसको नेतृत्वमा पार्टी दर्ता भइरहेको छ भनी जिज्ञासामा नेतृत्वकर्ताको नाम खुलाउन चाहेनन् । उनले भने, ‘को अध्यक्ष हुने, को के हुने त्यतातिर नजाऔँ । दर्ता भएपछि सबै कुरा बाहिर आइहाल्छन्, म आजलाई यति भन्छु– नागरिक उन्मुक्ति पार्टी नेपाललाई मेरा परिवारका सदस्यबाहेकका कसैले नेतृत्व गर्छ ।’
संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी छाडेर रेमश चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गर्नका थालेका हुन् । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा उनकै श्रीमती रञ्जिता श्रेष्ठ रहेकी छिन् । दुवै जना बिच आन्तरिक विवाद उत्पन्न भएपछि चौधरीले पार्टी छाडेर अर्को पार्टी गठन गर्न लागेका हुुन् ।
भौगोलिक सांस्कृतिक, पहिचानसहितको सङ्घीयता र समुदायमा आधारित समाजवादका लागि गठन भएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो विचारधारालाई समाजमा स्थापित गर्न नसकेको बताउँदै उनले यसमा दोषीमध्येको आफू पनि एक रहेको बताएका छन् ।
उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नका लागि थुप्रै लडाइँ लडेको भन्दै अब नयाँ ढङ्गबाट लड्नका लागि नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गर्न लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण