टियु क्रिकेट मैदानको निर्माण कार्य छिटो सम्पन्न गरी हस्तान्तरण गर्न निर्देशन
काठमाडौँ । ऊर्जा, भौतिक पूर्वाधार एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको निर्माण कार्य छिटो सम्पन्न गरी हस्तान्तरण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।
बिहीबार टियु क्रिकेट मैदानको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को मिति नजिकिँदै गएकाले छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्न निर्देशन दिएका हुन् ।
टियु क्रिकेट मैदानको प्याराफिट निर्माणको कार्य करिब सकिएको र फ्लडलाइट निर्माणको काम एक महिनाभित्र सम्पन्न हुने निर्माण कम्पनीले जानकारी गराएको मन्त्री घिसिङले बताए ।
उनले मंसिरमा आयोजना हुने एनपिएल अगाडी पहिलो चरणको काम सम्पन्न हुने जानकारी दिए । टियु क्रिकेट मैदान राष्ट्रिय महत्वको रहेकाले अब दोस्रो र तेस्रो चरणको काम सुरु गर्न टेन्डर प्रक्रिया सुरु गर्ने तयारी भएको उनले बताए ।
मन्त्री घिसिङले टियु क्रिकेट मैदानको स्तरोन्नतिको काममा बजेटका अभाव हुन नदिने उल्लेख गरे ।
यस्तै नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले अबको दुई–तीन हप्तामा टियु क्रिकेट मैदान नयाँ स्वरूपमा तयार हुने बताए । मंसिर १ गतेदेखि दोस्रो संस्करणको एनपिएल आयोजना गर्न क्यान तयारी अवस्थामा रहेको उनले बताए ।
कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो ।
सम्झौता अनुसार तोकिएको समयमा निर्माण कार्य सम्पन्न हुन नसकेपछि अहिले म्याद थप गरेर निर्माण कम्पनीले काम गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण