मन्त्रिपरिषद् बैठक निर्णय
मन्त्रिपरिषद् बैठक : भिजिट भिसा छानबिन समितिको प्रतिवेदन कार्यान्वयनको लागि गृह मन्त्रालयमा पठाउने निर्णय
बिहीबार, २३ असोज २०८२, १७ : ३५
काठमाडौँ । सरकारले भिजिट भिसामा देखिँदै आएका समस्या समाधान गर्न गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको हो।
अध्यागमन र भिजिट भिसाको सन्दर्भमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित ‘उच्चस्तरीय अध्ययन एवं छानबिन समिति, २०८२’ ले पेस गरेको प्रतिवेदनलाई कार्यान्वयनमा लैजान लागिएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।
बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा, भूमि समस्या समाधान आयोग खारेजी लगायत अन्य महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण