बैठकमा कार्यवाहक दिने विषयमा कुरा उठेन : प्रवक्ता महत
सारांश
- नेपाली कांग्रेसका प्रवक्ताले पदाधिकारी बैठकमा कार्यवाहक सभापतिको विषय नउठेको बताए।
- मङ्सिरमा नियमित महाधिवेशन गर्ने विषय उठेको र विधि पूरा गरेर महाधिवेशन गर्न सकिने/नसकिनेबारे छलफल भयो।
- असोज २६ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि समान धारणा बनाउन छलफल भएको छ।
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पदाधिकारी बैठकमा कार्यवाहक सभापति बनाएर महाधिवेशन जाने विषय नउठेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता महतले कार्यवाहक सभापति बनाउने विषय बैठकमा नउठेको बताएका हुन् ।
उनले मङ्सिरमा नियमित महाधिवेशन गर्ने विषय उठेको बताए । तर, सम्पूर्ण विधि र प्रक्रिया पुर्याएर नियमित महाधिवेशन गर्न सम्भव हुन्छ कि हुँदैन भन्ने विषय पनि नेताहरूले उठाएको प्रवक्ता डा.महतले बताए ।
प्रवक्ता महतले असोज २६ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा समान धारणा निर्माण गर्नका लागि पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक बोलाइएको जानकारी दिए । बैठकसम्म पार्टीभित्र समान धारणा बनाइने उनको भनाइ छ । पार्टीमा एकता कायम गरेर लोकतान्त्रिक मूल्य र मान्यता कसरी जोगाउने भन्नेमा ध्यान केन्द्रित गर्ने प्रवक्ता महतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण