बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको समूह

बिहीबार, २३ असोज २०८२, २१ : ३९
बिहीबार, २३ असोज २०८२

सारांश

  • चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको समूह प्रवेश गरेको छ।
  • हात्ती समूहले धानबाली नष्ट गर्ने र घर टहरा भत्काउने सम्भावना रहेको छ।
  • निकुञ्जले हात्ती नियन्त्रणका लागि नेपाली सेनासहितको द्रुत प्रतिकार्य समूह तयार पारेको छ।

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको समूह आउन थालेको छ । पूर्वी नेपाल, चुरे क्षेत्र हुँदै समूहमा हात्तीहरु आउन थालेका हुन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसर अघिल्ला वर्षमा कात्तिकको अन्तिम सातामा आउने गरेको भए पनि यस वर्ष केही छिटो जङ्गली हात्तीका समूह निकुञ्ज प्रवेश गरेका हुन् । उनले भने, ‘चितवन राष्ट्रिय निकुञ्जमा अहिले तीन/चार वटा समूह आएको पाइएको छ ।’ आठ/दश वटाको समूहमा हात्ती आउने गरेका उनले बताए ।

निकुञ्जमा जङ्गली हात्ती विभिन्न क्षेत्रबाट आएकाले निकुञ्ज आसपास बसोबास गर्ने जनतालाई सतर्कता अपनाउन सूचना अधिकारी थापामगरले आग्रह गरे । यसरी समूहमा आएका हात्तीले धानबाली नष्ट गर्ने, घर टहरा भत्काउनेजस्ता कार्य गर्ने भएकाले रातको समयमा एक्लै नहिँड्न उनले आग्रह गरे । रातको समयमा सकेसम्म बाहिर नहिँड्न र हिँड्नै परे समूहमा टाढासम्म उज्यालोमा हिँड्न उनले आग्रह गरे ।

जङ्गली हात्ती आएमा नजिकको सुरक्षा निकाय वा निकुञ्जमा खबर गर्न सूचना अधिकारी थापामगरले आग्रह गरे । जङ्गली हात्तीलाई तर्साउन खोज्दा धनजनको क्षति हुनसक्ने उनको भनाइ थियो ।

निकुञ्जले हात्तीले दुर्घटना निम्त्याउन सक्ने भन्दै नेपाली सेनासहितको द्रुत प्रतिकार्य समूह (रेपिड रेस्पोन्स टिम) तयार गरेको छ । मानवीय क्षति हुनसक्ने अवस्था आएमा हवाई फायरसम्म गर्नसक्ने गरी टोली तयार गरिएको उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप