कैलाली कारागारबाट फरार भएका ३८० कैदीबन्दी फर्किए
सारांश
- कैलाली कारागारबाट भागेका ३८० कैदीबन्दी फर्केका छन्, भने अझै २८७ जना फरार छन्।
- फरार कैदीबन्दी फर्किन जिल्ला प्रशासन कार्यालयले असोज २० गतेसम्मको समय दिएको थियो र त्यसपछि कारबाही गर्ने जनाएको छ।
- फरार कैदीको खोजीका लागि कार्यदल गठन गरिएको थियो, साउनमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको थियो।
टिकापुर । कैलाली कारागारबाट फरार भएका ३८० कैदीबन्दी फर्किएका छन् । जेनजीको प्रदर्शनका क्रममा ६६७ कैदीबन्दी कारागारबाट फरार भएकोमा २८७ कैदीबन्दी अझैसम्म नफर्किएको कारागार कार्यालयले जनाएको छ ।
कार्यालयको तथ्याङ्कका अनुसार फर्किनेमा ३६ महिलासहितका कैदीबन्दी छन् । २१ भारतीय कैदीबन्दी फरार भएकोमा दुई जना कैदीबन्दी फर्किएका छन् । धेरैजसो कैदीबन्दी दिउँसोभन्दा रातको समयमा फर्किने गरेको कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले फरार कैदीबन्दीलाई यही असोज २० गतेसम्म फर्किन समय सीमा तोकेको थियो । सूचनामा स्थानीय प्रशासनले तोकिएको समयमा सम्पर्कमा नआएका कैदीबन्दीलाई कारागार ऐन र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको थियो । यही असोज १३ देखि २२ गतेको अवधिमा थप ५३ कैदीबन्दी फर्किएका हुन् ।
कैदी फरारको घटनापछि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा फरार कैदीको खोजी र पक्राउका लागि कार्यदल बनाइएको थियो । कारागारमा गत साउन २३ गते कैदीबन्दी बीच झडप हुँदा एक जनाको मृत्यु र ४८ कैदीबन्दी घाइते भएका थिए ।
घाइते एक जनाको अझै सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उपचारपछि फर्किएकालाई अन्यत्रका कारागारमा स्थानान्तरण गरिसकिएको कार्यालयका निमित्त प्रमुख ज्ञानेन्द्र ओझाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण