म गाँजा खाने हैन, छुटाउने डाक्टर हो: डा. निकोलस भुसाल
बिहीबार, २३ असोज २०८२, २३ : १३
सारांश
- अभियन्ता डा. निकोलस भुसालले आफूलाई लागू औषध सेवनको आरोपबारे स्पष्टीकरण दिएका छन्।
- उनले आफू गाँजा खाने नभई गाँजा छुटाउने डाक्टर भएको बताएका छन्।
- प्रहरीले स्वास्थ्य परीक्षण गर्दा भुसालले गाँजा सेवन गरेको रिपोर्ट आएको जनाएको छ।
काठमाडौँ । माइतीघरमा बिहीबार भएको प्रदर्शनका क्रममा पक्राउ परेका अभियन्ता डा. निकोलस भुसालले आफूलाई लागू औषध सेवनको आरोप लगाइएकोबारे स्पष्टीकरण दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत लेख्दै आफू ‘गाँजा खाने होइन, गाँजा छुटाउने डाक्टर’ भएको दाबी गरेका छन्।
भुसालले लेखेका छन्, ‘म सुरक्षित घरमा छु, कोही भ्रममा नपर्नू होला। पहिला पनि फसाउन खोजिएको थियो, अहिले पनि, पहिला पनि मिडिया ट्रायल भएको थियो, अहिले पनि ।’
यसअघि बिहीबार दिउँसो राजधानीको माइतीघरमा भएको प्रदर्शनका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईका अनुसार, स्वास्थ्य परीक्षण गर्दा भुसालले गाँजा सेवन गरेको रिपोर्ट आएको थियो।
भुसालको परिवारका सदस्यको जिम्मामा उनलाई सुधार गृहमा राख्ने सर्तमा रिहा गरिएको भट्टराईले जानकारी दिए।
- याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ जिल्ला अदालतले २६ हजार ४४५ मुद्दा फैसला गर्न बाँकी
-
भरतपुर अस्पतालमा बिरामीको उच्च चाप, एकै दिन तीन हजार ३६८ जनाले सेवा लिए
-
चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
-
भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना
-
अङ्क तालिका सुधारको लक्ष्यमा नेपाल, नामिबियाविरुद्ध कस्तो होला रणनीति?
-
बागमती प्रदेश सभाको सकसपूर्ण अङ्कगणितः एमाले–नेकपा गठबन्धनका लागि ‘हानेपा’लाई प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण