डा.निकोलस भुसालले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
बिहीबार, २३ असोज २०८२, २१ : ४८
काठमाडौँ । अभियन्ता डा.निकोलश भुसालले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारको राजीनामा मागेका छन् । उनले जेनजी विद्रोहीको रगतमा बनेको सरकारसँग सामान्य माग राख्दा पनि समातिने भन्दै अहिलेको प्रधानमन्त्री र गृहमन्त्रीमाथि हार्दिक श्रद्धाञ्जलीबाहेक केही भन्न नसक्ने बताए ।
उनले अझै पनि इमान भए सरकारलाई राजीनामा दिन भन्दै आफूहरूले सरकार बनाउने बताए । भुसालले जेनजीका माग पुरा गर्न नसक्ने, प्रदेश खारेज गर्न नसक्ने भनेर यो सरकारले भनेको दिनबाटै सरकार मरिसकेको बताए ।
भुसाललाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेर राति छाडेको छ । प्रहरीले भुसालको स्वास्थ्य जाँच हुँदा लागू औषध गाँजा सेवन गरेको पुष्टि भएको समेत बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण