तिहारमा फूल: महानगर क्षेत्रभित्रका ३२ केन्द्रबाट बिक्री वितरणको व्यवस्था
सारांश
- काठमाडौँ महानगरपालिकाले तिहारमा नेपाली फूलको प्रयोग र उत्पादन प्रवर्द्धन गर्ने भएको छ।
- महानगरले ३२ केन्द्रबाट फूल बिक्री वितरणको व्यवस्था मिलाएको छ, जसले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नेछ।
- प्लास्टिकका फूल र आयातित फूललाई निषेध गरिएको छ, र कार्तिक १ देखि ६ गतेसम्म फूलको बिक्री वितरण हुनेछ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादन प्रवर्द्धन गर्न महानगर क्षेत्रभित्रका विभिन्न ३२ केन्द्रबाट बिक्री वितरणको व्यवस्था गरेको छ ।
तिहारमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्न महानगरभित्रका ३२ स्थानमा बिक्री वितरणको व्यवस्था मिलाइएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । नेपाली फूल सयपत्री, मखमली र गोदावरीलाई सहज र सुलभ मूल्यमा उपभोक्तासमक्ष पु-याउन नयाँ बानेश्वर, तीनकुने चाबहिल, कालीमाटी, पुतलीसडक, सुन्धारा लगायतका ३२ स्थानलाई बिक्रीस्थल तोकिएको उनले बताए ।
उनले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नका लागि महानगरले आवश्यक सहजीकरण गर्ने समेत बताए ।
उनले तिहारमा स्वदेशी फूलको सहज रूपमा बिक्रीबितरणको व्यवस्था गर्न महानगर प्रमुखले निर्देशन दिएको उल्लेख गरे । नेपाली फूलको प्रयोग र घरेलु उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्लास्टिकजन्य कागजका फूलका साथै आयातित फूललाई पूर्ण रूपमा निषेध गरिएको र महानगरले त्यसको अनुगमन समेत गर्ने पाण्डेले बताए ।
कार्तिक १ देखि ६ गतेसम्म सहज रूपमा स्वदेशी फूलको बिक्री वितरणको व्यवस्था गरिएको महानगरले जनाएको छ । तिहारमा सहरी क्षेत्रमा झण्डै ४० लाख थान माला बिक्री हुने गरेको छ भने तिहारमा मात्रै करिब ३५ करोड भन्दा बढीको फूलको कारोबार हुने अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण