टी-२० विश्वकप छनोट : कस्तो हुनुपर्छ जापानविरुद्ध नेपालको रणनीति ?
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा जापानसँग प्रतिस्पर्धा गर्दैछ । सुपर सिक्समा पुगिसकेको नेपाललाई आजको खेल निकै महत्वपूर्ण छ । किनभने नेपालले आजको खेलमा जित निकाल्न सकेमा दुई अंक जोड्ने छ ।
आजको जापानसँगको खेलमा खेलाडीहरूले सम्हालिएर खेल्नुपर्ने राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक जगत टमटाको भनाइ छ ।
जापानसँगको खेलअघि रातोटीसँग कुराकानीमा टमटाले भने, ‘आजको खेल निकै महत्वपूर्ण छ । सुपर सिक्समा दुई अंक बटुल्न यो खेल जित्नैपर्ने हुन्छ । त्यसैले खेलाडीहरूले आफ्नो भूमिकालाई बुझेर खेल्नुपर्छ ।’
उनले जापानले कुवेतसँगको खेलमा उत्कृष्ट प्रदर्शन गरेकाले नेपाली खेलाडीहरूले पनि उच्च मनोबलका साथ खेल्नुपर्ने बताए । कुवेतसँगको खेलमा भएका केही कमजोरीलाई पनि नियाल्नुपर्ने उनको भनाइ छ ।
‘जापानले कुवेतसँग राम्रो क्रिकेट खेलेको छ । त्यसैले हाम्रा खेलाडीहरूले पनि आफ्नो क्षमता प्रदर्शन गर्नुपर्छ,’ उनले भने, ‘अहिले टिमको फर्म राम्रो छ, तर खेलाडीहरूले थप जिम्मेवारी लिएर खेल्नुपर्छ ।’
टमटाले प्रत्येक खेलाडीले आफ्नो बलियो पक्ष नियाल्दै खेल्नुपर्ने र टिमलाई आवश्यक परेको बेला योगदान दिन तयार हुनुपर्ने सुझाव दिए । ब्याटिङ र बलिङ दुवैमा सन्तुलन कायम राख्दै रणनीतिक रूपमा खेल्नु नै नेपालका लागि फलदायी भन्ने उनले बताए ।
‘हाम्रो बलिङ युनिट र ब्याटिङ दुवै राम्रो छ । कुशलले राम्रो ब्याटिङ गरिरहेका छन् । स्पिनरहरूले पनि राम्रो गरिरहेका छन् । सन्दीपदेखि लिएर रोहितले पनि राम्रो बल फालिरहेका छन् । दीपेन्द्र सिंह ऐरी र ललित राजवंशी जस्ता खेलाडीहरूले पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छन्,’ टमटाले टिमको तारिफ गर्दै भने ।
उनले टिममा रहेका खेलाडीले आफूले पाएको जिम्मेवारी पूरा गर्नुपर्ने बताए । ‘जसले टिममा मौका पाएको छ, उसले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । टिम म्यानेजमेन्टले जसलाई खेलाउँछ, त्यो नै हाम्रा लागि बेस्ट हो । जितका लागि खेलाडीहरूले मानसिक रूपमा तयार हुनुपर्छ,’ उनले भने । टमटाले भने ।
नेपाली टिमको ब्याटिङ पक्षमा सुरुवात राम्रो हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरे । पहिलो खेलमा पनि नेपालले कुवेतविरुद्ध राम्रो सुरुरुवात गर्न सकेको थिएन ।
‘हाम्रो सुरुवात ब्याटिङमा त्यति राम्रो भइरहेको छैन । तर हामीसँग लामो ब्याटिङ लाइनअप छ, त्यसैले आत्तिनु पर्दैन’, टमटाले भने । टिममा आफ्नो भूमिकालाई बुझेर खेल्नुपर्ने र व्यक्तिगत प्रदर्शनभन्दा टिमको जितमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।
‘म आउट हुन्छु कि भन्ने डर मनमा राख्नु हुँदैन । टिमले दिएको जिम्मेवारीलाई पूरा गर्नुपर्छ’, उनले भने, ‘कुशलले राम्रो ब्याटिङ गरेका छन्, बलिङ युनिटले पनि राम्रो गरिरहेको छ । सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।’
टमटाले पावर प्लेमा राम्रो प्रदर्शन गर्न सकेमा टिमलाई ठुलो फाइदा हुने बताए । बलिङ र ब्याटिङ दुवै पक्षबाट पावर प्लेमा राम्रो प्रदर्शन गर्न सकेमा हाम्रो लागि जित सहज हुनेछ ।
‘माथिका ६ ओभर हाम्रो लागि निकै महत्वपूर्ण छन् । हामीले अभ्यास खेलहरूमा विकेट छिट्टै गुमाएका छौं । त्यसैले विकेट बचाएर खेल्नुपर्छ’, उनले भने, ‘यदि दुई विकेट गए पनि ५०–६० रन बनाउन सक्यौं भने त्यो राम्रो हुन्छ ।’
टमटाले टिममा परिवर्तन गर्ने पक्षमा भने म्यानेजमेन्ट टिमको हातमा रहेको बताए । यद्यपि उनले अहिलेको टिम राम्रो फर्ममा भएका कारण खासै परिवर्तनको आवश्यकता नभएको बताए ।
‘यो टिम जित्दै आएको टिम हो । गुल्सनले राम्रो प्रदर्शन गरिरहेका छन् । टिम म्यानेजमेन्टले परिस्थिति हेरेर निर्णय लिनेछ । तर मेरो विचारमा यो टिमलाई निरन्तरता दिन सकिन्छ,’ टमटाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण