अपडेट
युवा संघलाई काठमाडौँमा मोटरसाइकल र्याली र सभा गर्न रोक
शुक्रबार, २४ असोज २०८२, १४ : ०८
सारांश
- जिल्ला प्रशासन कार्यालय काठमाडौँले युवा संघलाई मोटरसाइकल र्याली र सभा गर्न रोक लगाएको छ।
- नेकपा एमाले सम्बद्ध युवा संघले शनिबार काठमाडौँमा मोटरसाइकल र्याली आयोजना गर्ने घोषणा गरेको थियो।
- शुक्रबार जिल्ला प्रशासन कार्यालयले युवा संघलाई मोटरसाइकल र्याली र सभा गर्न रोक लगाएको हो।
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले युवा संघलाई मोटरसाइकल र्याली र सभा गर्न रोक लगाएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयले नेकपा एमाले सम्बद्ध सो संगठनलाई मोटरसाइकल र्याली र सभा गर्न रोक लगाएको हो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले एक सूचना जारी गर्दै विभिन्न समूहबाट हुने भनिएका र्याली, जुलुस, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएकोले त्यस्ता कार्यक्रम गर्नका लागि स्वीकृति प्रदान नगर्ने निर्णय भएको जनाएका छन् ।
उनले पूर्व स्वीकृति विना कुनै प्रकारका कार्यक्रमहरू नगर्न नगराउन समेत आग्रह गरेका छन् । युवा संघले शनिबार काठमाडौँमा मोटरसाइकल र्याली र आयोजना गर्ने घोषणा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण