नेपाललाई विपद् प्रतिकार्यमा थप सहयोग गर्न तयार छौँ : हाना
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्ट र संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिंगर हाम्डीबिच भेटवार्ता भएको छ ।
शुक्रबार अपराह्न सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा शिष्टाचार भेट भएको हो । भेटवार्तामा पछिल्लो मनसुनी विपद्पश्चातको राहत तथा सुरुवाती पुनर्स्थापनाबारे छलफल भएको छ ।
भेटवार्तामा कार्यकारी प्रमुख भट्टले पछिल्लो मनसुनी विपद्बाट खासगरी इलाममा भएको जनधनको क्षतिबारे जानकारी गराउँदै हाल भइरहेको राहत तथा पुनर्स्थापनाका भइरहेको पहलहरूबारे जानकारी गराए ।
त्यसक्रममा कार्यकारी प्रमुख भट्टले भारीदेखि अति भारी वर्षाको प्रक्षेपण प्राप्त भएपश्चात जनधनको क्षति कम गर्न भएका पूर्वसूचना, पूर्वकार्य र प्रतिकार्य पहलहरूबारे पनि उल्लेख गरे ।
उनले बाढीले परेको प्रभावबारे जानकारी लिएको र आफूले गर्न सक्ने सहयोग गर्न तयार रहेको बताएको जानकारी दिए ।
राष्ट्रसङ्घीय आवासीय संयोजक हाम्डीले सबैभन्दा धेरै प्रभावित भएको इलाममा खाद्य एवं गैरखाद्य राहत, खानेपानी तथा सरसफाइ सम्बन्धी सहयोग र पुनर्स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घीय निकायहरूले तत्काल उपलब्ध गराउन सक्ने सहयोगबारे जानकारी गराएको बताइन्।
आवासीय संयोजक हाम्डीले नेपाल सरकार र प्राधिकरणले विपद् प्रतिकार्यमा गरेका पहलहरूको प्रशंसा समेत गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण