एमालेले भन्यो– भदौ २४ गतेको घटना लोकतन्त्र, संविधान र इतिहासमाथिकै ठुलो आक्रमण
सारांश
- एमालेले वर्तमान सरकारको क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
- एमालेले सरकार निर्वाचन गराउने बाटोमा नभई मुलुकलाई तनावतिर लैजान उद्यत भएको आरोप लगाएको छ।
- एमालेले जेनजी आन्दोलनको घटनाको छानबिन हुनुपर्ने र पार्टीको महाधिवेशन छिटै आयोजना गर्नुपर्नेमा जोड दिएको छ।
काठमाडौँ । नेकपा एमालेले वर्तमान सरकारको क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी ओलीको निवासमा शुक्रबार बसेको एमाले सचिवालय बैठकले वर्तमान सरकार निर्वाचन गराउने बाटोमा नभई मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्यत भएकाले पार्टीको गम्भीर ध्यानाकर्षण भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
प्रहरीमाथि आक्रमण गर्ने र हतियार लुट्नलाई गृहमन्त्रीको दबाबमा छाड्ने तर शान्तिपूर्ण प्रदर्शन गर्न खोज्दा दलहरूलाई रोक्ने र नेताहरूलाई स्थानहद तोक्ने सरकारको काम प्रति गम्भीर आपत्ति रहेको उनले बताए ।
ज्ञवालीले तोकिएको समयमा निष्पक्ष निर्वाचन गराउनका लागि सरकार लाग्न नसकेकाले सरकार राजनीतिक अस्वस्थता बढाउन लागेको हो कि आशङ्का रहेको उल्लेख गरे ।
बैठकमा जेनजी आन्दोलनपछिको अवस्थाका बारेमा सघन रूपमा छलफल भएको भन्दै ज्ञवालीले जेनजी युवाले राखेका आवाज स्वाभाविक भएपनि आन्दोलनका नाममा भएको घटनाको गम्भीरताका साथ छानबिन हुनुपर्नेमा एमालेको जोड रहेको बताए ।
उनले जनेजी आन्दोलनलाई आधार बनाएर भदाै २४ गते भएको घटना लोकतन्त्र, संविधान र इतिहासप्रतिकै ठुलो आक्रमण भएकाले सत्यतथ्य छानबिन हुनुपर्ने उल्लेख गरे ।
त्यस्तै उनले पार्टीको महाधिवेशन छिटै आयोजना गर्नुपर्नेमा नेताहरूको जोड रहेको उल्लेख गदै शनिबार बस्ने पदाधिकारीको बैठकले महाधिवेशनको प्रस्ताव तयार गर्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण