वास्तविक जेनजी प्रतिनिधिलाई शीतलनिवासमा प्रवेश नदिएको आरोप
काठमाडौँ । राष्ट्रपति भवन शीतल निवास अगाडि शनिबार जेनजी युवाहरूले नाराबाजी गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न नपाएको भन्दै उनीहरूले विरोध जनाएका हुन्।
राष्ट्रपति पौडेलले जेन जी युवाहरूसँग छलफल गर्न बैठक बोलाएका थिए। तर, छलफलमा सहभागी हुन शीतलनिवासभित्र प्रवेश नपाएका युवाहरूले बाहिर नाराबाजी गरे।
नाराबाजी गर्ने युवाहरूले ‘वास्तविक जेनजी’ लाई बाहिर राखेर ‘हामी नेपाल’ संस्थाका सुदन गुरुङको टोलीलाई मात्रै शीतल निवासभित्र प्रवेश गर्न दिएको आरोप लगाएका छन्। जेनजीका प्रतिनिधि इन्जिनियर प्रवेश लामाले जेनजी आन्दोलन सुदन गुरुङले मात्रै नगरेको बताएका छन्।
राष्ट्रपति पौडेल सरकारले फागुन २१ गते तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सहज वातावरण बनाउन आफैँ सक्रिय भएका छन्। उनले शुक्रबार राजनीतिक दल र प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरूसँग छलफल गरेका थिए।
राजनीतिक दलहरूसँगको छलफलपछि राष्ट्रपतिले शनिबार जेनजीका प्रतिनिधिहरूलाई छलफलका लागि बोलाएका थिए, तर शनिबारको छलफललाई सोमबारसम्मका लागि सारिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण