यथास्थितिमा कांग्रेस जनतामा जान सक्दैन : केसी
सारांश
- अर्जुननरसिंह केसीले कांग्रेस यथास्थितिमा जनतामा स्थापित हुन नसक्ने बताए।
- उनले युवा पुस्ताको धारणालाई प्रतिनिधित्व गर्दै हरेक तहमा युवालाई प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिए।
- केसीले पार्टीमा युवा पुस्तालाई सम्मानजनक सहभागिता नगराए ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी यथास्थितिमा जनतामा जान नसक्ने बताएका छन्। उनले अहिलेको विधि, पद्धति र अनुहार लिएर कांग्रेस जनताको बिचमा स्थापित हुन नसक्ने दाबी गरेका हुन्।
शनिबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठकका लागि पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका नेता केसीले अहिलेको विधि र पद्धतिमा व्यापक परिवर्तन गर्न जरुरी रहेको बताए। उनले युवा पुस्ताको धारणालाई प्रतिनिधित्व गरेर अघि बढ्नुको विकल्प नरहेको भन्दै युवाहरूलाई हरेक तहमा प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिए।
नेता केसीले भने, ‘म आफैँ पनि युवाहरूले हरेक तहमा प्रतिनिधित्व गर्नुपर्छ भनेर बोलेको मान्छे हुँ। भोलि पनि केन्द्रीय समितिमा भन्छु। ऊर्जाशील समूहलाई न्यूनतम रूपमा पनि सहभागी गराउनुपर्छ। समग्र रूपमा युवा पिँढीको धारणा नै प्रतिनिधित्व गर्न सकेनौँ भने हामी वास्तवमा जनताको बिचमा स्थापित हुन सक्दैनौँ।’
उनले ऊर्जाशील समूहलाई अब पनि पार्टीका हरेक तहमा सम्मानजनक सहभागिता नगराए कांग्रेसले ठुलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिएका छन्। उनले थपे, ‘अहिलेकै यथास्थितिमा, अहिलेको विधि, पद्धति र अनुहार लिएर हामी जनताको बिचमा जान सक्दैनौँ। यसमा व्यापक परिवर्तन जरुरी छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण