बारम्बार तताएको तेलले निम्त्याउन सक्छ क्यान्सर
सारांश
- खाना पकाएपछि बचेको तेललाई फेरि तताएर प्रयोग गर्दा क्यान्सरको जोखिम बढ्छ।
- बारम्बार तताउँदा तेलमा विषाक्त यौगिकहरू र क्यान्सर पैदा गर्ने रसायन बन्छन्।
- स्ट्रिट फुडमा प्रयोग हुने तेल स्वास्थ्यका लागि हानिकारक हुन सक्छ, किनकि बिक्रेताहरूले एउटै तेल बारम्बार प्रयोग गर्छन्।
काठमाडौँ । तपाईंलाई थाहा छ? भान्सामा हुने एउटा सानो गल्तीले तपाईंलाई क्यान्सर जस्तो ज्यानमारा रोगको नजिक पुर्याउन सक्छ। त्यो गल्ती हो— खाना पकाइसकेपछि बचेको तेललाई फेरि तताएर प्रयोग गर्नु ।
हामी प्राय: तेल खेर नजाओस् भनेर यसो गर्छौँ, तर यो तपाईंको स्वास्थ्यसँग ठुलो खेलबाड हो । जुन तेललाई हामी खेर जान नदिएर बारम्बार तताउँछौँ, त्यो वास्तवमा हाम्रो शरीरमा विष घोलिरहेको हुन्छ।
- बारम्बार तताउँदा तेल किन बन्छ विष?
जब हामी तेललाई पटक-पटक तताउँछौँ, तब त्यसबाट केही विषाक्त यौगिकहरू र फ्री रेडिकल्स निस्कन थाल्छन्। यी फ्री रेडिकल्सले हाम्रो कोशिकाहरूलाई सीधा क्षति पुर्याउँछन्, जसले क्यान्सरको जोखिम बढाउँछ।
पटक-पटक तताउँदा तेलमा एल्डिहाइड्स र पीएच जस्ता रसायनहरू पनि बन्छन्, जुन कार्सिनोजेनिक हुन्छन्। यसको मतलब, यी रसायनहरूमा शरीरमा क्यान्सर पैदा गर्ने क्षमता हुन्छ।
- स्ट्रिट फुड खाँदा होसियार
डाक्टरका अनुसार, एक सर्वेक्षणमा धेरै स्ट्रिट फुड बिक्रेताहरूले एउटै तेललाई ४-५ पटकसम्म प्रयोग गर्छन्। उनीहरूको पसलबाट लिइएको तेलको नमुनामा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा दुई गुणा बढी विषाक्त तत्त्वहरू पाइएका थिए।
अब प्रश्न उठ्छ, हामीले के गर्ने?
- सधैँ ताजा तेल प्रयोग गर्ने । एक पटक प्रयोग गरिसकेको तेललाई फेरि प्रयोग गर्नबाट बच्ने।
- तोरीको तेल र बदामको तेल जस्ता स्वस्थ विकल्पहरू छान्ने । यी तेलहरू स्वास्थ्यका लागि राम्रो मानिन्छन्।
- जैतुनको तेल (ओलिभ ओयल) सही तरिकाले प्रयोग गर्ने । खाना पकाउनका लागि जैतुनको तेल प्रयोग नगर्ने। यसको सट्टा एक्स्ट्रा भर्जिन ओलिभ ओयल प्रयोग गर्ने । तर यसलाई सलाद वा हल्का ड्रेसिङका लागि मात्र प्रयोग गर्न सकिन्छ।
- आफ्नो खानामा तरेको खानेकुराको मात्रा घटाएर त्यसको ठाउँमा बेक र स्टीम गरिएका खानेकुरा समावेश गर्ने।
- यदि सम्भव हुन्छ भने, खाना पकाउनका लागि शुद्ध गाईको घिउको प्रयोग गर्ने। यसलाई सबैभन्दा सुरक्षित र स्वस्थ विकल्प मानिन्छ।
अस्वीकरण: लेखमा उल्लेख गरिएका सल्लाह र सुझावहरू सामान्य जानकारीको उद्देश्यका लागि मात्र हुन् र यसलाई व्यावसायिक चिकित्सा सल्लाहको रूपमा व्याख्या गर्नु हुँदैन। यदि तपाईंलाई कुनै प्रश्न वा समस्या छ भने सधैँ आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण