कांग्रेस उपसभापति गुरुङको प्रस्ताव : पार्टीमा युवाहरूका लागि छुट्टै कोटाको व्यवस्था गरौँ
सारांश
- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीमा युवाहरूको कोटाको व्यवस्था गर्नुपर्ने बताए ।
- उनले युवाहरूको पार्टी सहभागिताका लागि छुट्टै कोटा आवश्यक रहेको तर्क गरे ।
- कांग्रेसका युवाहरूले पार्टीको हरेक तहमा ४० प्रतिशत युवा सहभागिताको माग गरेका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीमा युवाहरूको सहभागिताका लागि छुट्टै कोटाको व्यवस्था गर्नुपर्ने बताएका छन् । शनिबार पार्टी मुख्यालय सानेपामा पार्टीका युवाहरूले पार्टीको हरेक तहमा ४० प्रतिशत युवाहरूको सहभागिता सुनिश्चित गर्न माग गरेपछि उनले सो धारणा राखेका हुन् ।
उपसभापति गुरुङले पार्टीमा युवाहरूलाई समेट्न पनि सो कोटा आवश्यक रहेको तर्क गरे । उनले पार्टीमा युवाहरूलाई समेट्ने कुरालाई बेवास्ता गर्न नमिल्ने पनि स्पष्ट पारे ।
उपसभापति गुरुङले भने- ‘यो सकारात्मक छ । किनभने युवाहरूलाई समेट्नु पर्दछ पार्टीमा । अहिलेसम्म युवाहरूलाई निश्चित कोटा छुट्ट्याइएको छैन विधानमा । त्यो छुट्ट्याउनुपर्छ भन्ने उहाँको माग हो भन्ने मलाई लाग्छ । त्यसकारण यो छुट्ट्याउन आवश्यक छ । युवा पङ्क्तिलाई इग्नोर गर्नु हुँदैन । युवाहरूको सहभागिताका लागि केन्द्रीय समितिमा तलदेखि माथिसम्म निश्चित कोटा नै छुट्ट्याउनुपर्छ । जसरी महिला, जनजाति, मधेसीलगायतका कोटा छुट्ट्याइएको छ । त्यसै अनुसार युवाहरूको पनि छुट्टै कोटाको व्यवस्था गर्नुपर्छ ।’
कांग्रेसका कार्यकर्ताहरू युवाहरूको सहभागितालाई जोड दिन माग गर्दै सानेपास्थित पार्टी मुख्यालयमा भेला भएका छन् । उनीहरूको माग सकारात्मक रहेको र त्यसलाई आगामी महाधिवेशनले सम्बोधन गर्ने उपसभापति गुरुङको भनाई थियो । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण