‘होम एण्ड अवे’ लिग खेल्न क्लबहरू तयार, तर सारे दुई माग
सारांश
- ए डिभिजन लिगका नौ क्लबहरूले होम एण्ड अवे पद्धतिमा लिग खेल्न दुई मुख्य माग राखेका छन्।
- क्लबहरूले एएफसी मापदण्ड पूरा गरेको रङ्गशाला र स्वतन्त्र लिग समिति गठनको माग गरेका छन्।
- क्लबहरूले स्वतन्त्र लिग समिति र होम एण्ड अवे खेलका लागि विभिन्न सुविधाहरूको माग गरेका छन्।
काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगका नौ क्लबहरू आगामी होम एण्ड अवे पद्धतिमा लिग खेल्न तयार रहेको बताएका छन्, तर यसका लागि उनीहरूले दुई मुख्य माग अगाडि सारेका छन्। आइतबार पत्रकार सम्मेलन गर्दै क्लबहरूले लिग खेल्नका लागि एएफसीको न्यूनतम मापदण्ड पूरा गरेको रङ्गशाला हुनैपर्ने र स्वतन्त्र लिग समिति गठन गर्नुपर्ने माग राखेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी पुस ९ गतेदेखि होम एण्ड अवे पद्धतिमा लिग सञ्चालन गर्ने योजना बनाएको छ। यसका लागि एन्फाले विभिन्न जिल्लाका रङ्गशालाहरूलाई क्लबको घरेलु मैदानको रूपमा प्रयोग गर्ने योजनामा छ।
हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फालाई स्वतन्त्र लिग समिति गठन गर्न सुझाव दिएका छन्। उनले लिगको पूरा अधिकार स्वतन्त्र कमिटीलाई दिनुपर्ने भन्दै एन्फा यो कुरामा लचिलो नभए आफूहरू लिग खेल्न राजी नहुने बताए।
यता, मच्छिन्द्र क्लबका अध्यक्ष नरेन्द्र मान श्रेष्ठले होम एण्ड अवेका लागि एएफसीको क्लब लाइसेन्स र एएफसीको सामान्य मापदण्ड पूरा गर्ने रङ्गशाला नभएसम्म लिग नखेल्ने अडान राखेका छन्।
- क्लबहरूका मुख्य मागहरू:
१. स्वतन्त्र लिग समिति: फुटबललाई व्यवस्थित र व्यावसायिक बनाउन विश्वव्यापी रूपमा अवलम्बन गरिएको स्वतन्त्र समिति आवश्यक रहेको उनीहरूले बताएका छन्। एन्फाको महानिर्देशकको सहभागितामा नीति, निर्देशन र मार्गनिर्देशनबमोजिम पूर्ण अधिकारसहितको लिग समिति निर्माण गर्न क्लबहरूको माग छ।
२. होम एण्ड अवे सम्बन्धमा: होम एण्ड अवे खेल्दा एन्फाले कम्तीमा १० वर्षको लागि क्लबलाई खेल मैदान उपलब्ध गराउनुपर्ने, पाँच अफिसियलको व्यवस्था गर्नुपर्ने, घरेलु मैदानको मार्केटिङ र प्रवर्द्धन का लागि कार्यक्रम तय गर्नुपर्ने, विदेशी खेलाडीको हकमा श्रम स्वीकृति को व्यवस्था गर्नुपर्ने र अन्तर्राष्ट्रिय प्रचलन अनुसार टिम लजिस्टिक र अपरेसन खर्च क्लबलाई उपलब्ध गराउनुपर्ने माग राखिएको छ।
साथै, लिग सुरु हुनुभन्दा अगाडि खेल तालिका निर्माण गर्नुपर्ने र लिगको मोडेल सम्बन्धित क्लबहरूसँगको सहमतिमा तय गर्नुपर्ने माग पनि क्लबहरूले राखेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण