नेपालकी करिना फिफा एन्टी–डोपिङ कार्यक्रममा सहभागी
सारांश
- करिना पुरी फिफा एन्टी डोपिङ कार्यक्रममा सहभागी भइन्, उनी विश्वका उत्कृष्ट २८ विशेषज्ञहरूमध्ये एक हुन्।
- यो कार्यक्रम एन्टी-डोपिङ क्षेत्रको विश्लेषणका लागि आयोजना गरिएको थियो।
- नेपालमा प्रभावकारी एन्टी-डोपिङ संरचना नभएको अवस्थामा यो उपलब्धि महत्त्वपूर्ण छ।
काठमाडौँ । नेपालकी करिना पुरी विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आयोजना गरेको फिफा एन्टी डोपिङ कार्यक्रममा सहभागी भएकी छन् । विश्वका उत्कृष्ट २८ खेल र एन्टी–डोपिङ विशेषज्ञहरूमध्ये छनोट हुँदै उनी कार्यक्रममा सहभागी भएकी हुन् ।
कार्यक्रम एन्टी–डोपिङको क्षेत्रमा विश्लेषण गर्ने उद्देश्यले बनाइएको हो । फुटबल, कराते, क्रिकेट र कानुनजस्ता विभिन्न क्षेत्रमा उनी दुई पटककी एसियाली कराते च्याम्पियन, करातेको राष्ट्रिय प्रशिक्षक र रेफ्री, एसियन स्तरको कराते रेफ्री, राष्ट्रिय आत्मरक्षा प्रशिक्षक, सङ्कटा फुटबल क्लबका खेलाडी, ग्रेट हिमालय क्रिकेट एकेडेमीमा आबद्ध क्रिकेटर हुन् ।
नेपालमा अझै पनि प्रभावकारी एन्टी–डोपिङ संरचना नभएका लागि यो ठुलो उपलब्धि हो । संसद्ले २०१० मा युनेस्को कन्भेन्सन पास गरे पनि, देशमा सुसङ्गठित एन्टी–डोपिङ कार्यकारी इकाई अझै स्थापना भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण