हमासले किन गर्यो गाजामा सात हजार लडाकु तैनाथ ?
सारांश
- हमासले गाजामा झन्डै सात हजार सदस्यलाई पुनः तैनाथ गरेको छ।
- हमासले पाँच नयाँ गभर्नर नियुक्त गरेको छ, जसमा सबै सैन्य पृष्ठभूमिबाट छन्।
- गाजा शहरमा दुई हमास सदस्यको हत्यापछि तनाव बढ्यो, जसले बदलाको आशंका बढायो।
रफाह । हमासले आफ्ना झन्डै सात हजार सदस्यलाई गाजामा पुनः तैनाथ गरेको छ । इरायली सेनाले हालै आंशिक फिर्ती गरेको क्षेत्रहरूको नियन्त्रण पुनः प्राप्त गर्न यसो गरिएको हुन सक्ने स्थानीय स्रोतहरूले बताएको भन्दै बीबीसी हिन्दीले समाचार छापेको छ ।
हमासले पाँच नयाँ गभर्नरहरू पनि नियुक्त गरेको छ, जसमध्ये सबैको सैन्य पृष्ठभूमि छ । तीमध्ये केहीले पहिले हमासको सशस्त्र शाखामा ब्रिगेडहरूको नेतृत्व गरेका थिए ।
रिपोर्टहरू अनुसार, हमासले फोन कल र टेक्स्ट सन्देशहरू मार्फत यो आदेश जारी गरेको थियो । सन्देशमा गाजालाई अपराधीहरू र इजरायलका सहयोगीहरूबाट मुक्त गर्नु रहेको उल्लेख गरिएको छ ।
लडाकुहरूलाई २४ घण्टा भित्र रिपोर्ट गर्न भनिएको छ । गाजाबाट प्राप्त रिपोर्टहरू अनुसार, हमास सशस्त्र टोली पहिले नै धेरै क्षेत्रहरूमा तैनाथ भइसकेका छन् । केही नागरिक पोसाक र केही गाजा प्रहरीको नीलो पोसाकमा तैनाथ भएका छन् ।
दुघमश जनजातिका बन्दुकधारीहरूले हमास विशेष एकाइका दुई सदस्यहरूलाई गोली हानी मारेपछि गाजा शहरको सब्रा क्षेत्रमा तनाव तीव्र गतिमा बढ्यो । उनीहरूको शव सडकमा छोडिएको थियो । जसले गर्दा आक्रोश फैलियो र हमासको ठुलो बदलाको आशङ्का बढ्यो । त्यसपछि हमासका सदस्यहरूले झन्डै ३०० दुघमाश बन्दुकधारीहरू लुकेका क्षेत्रलाई घेरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण