२५ वर्ष कैद तोकिएका कैदी चाबहिलबाट पक्राउ
आइतबार, २६ असोज २०८२, १२ : ४२
सारांश
- सुनधारा कारागारबाट भागेका एक कैदीलाई प्रहरीले चाबहिलबाट पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा मोरङका ३८ वर्षीय प्रेम विश्वकर्मा रहेका छन्।
- उनी जेनजी प्रदर्शनको बेला भागेका थिए, र उनलाई २५ वर्षको कैद तोकिएको थियो।
काठमाडौँ । सुनधारा स्थित केन्द्रीय कारागारबाट भागेका एकजना कैदीलाई प्रहरीले काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भएका ३८ वर्षीय प्रेम विश्वकर्मा छन् ।
उनलाई प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनी जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा सुन्धाराबाट भागेका हुन् ।
बिहीबार पक्राउ गरेर उनलाई कारागार प्रशासनको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
उनलाई अदालतले २५ वर्ष कैद ठेकेको थियो । उनी ५ वर्ष जेल बसेको रेकर्डमा देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण