शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विभिन्न स्थानमा सवारी दुर्घटना : ४ जनाको मृत्यु

आइतबार, २६ असोज २०८२, १३ : ०२
आइतबार, २६ असोज २०८२

सारांश

  • विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।
  • खोटाङ, मोरङ, र कास्कीमा भएका दुर्घटनामा मानिसहरूको मृत्यु भएको हो।
  • प्रहरीले दुर्घटनाहरूको अनुसन्धान गरिरहेको छ र चालकहरूलाई नियन्त्रणमा लिएको छ।

काठमाडौँ । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । काठमाडौँ, खोटाङ र मोरङ लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको हो । 

खोटाङको खोटेहाङ गाउँपालिका–४ रोक्सिङस्थित सडकमा प्र.१–०२–०४१ प ९९२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका–६ बस्ने २६ वर्षीय प्रदीप बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै मोरङको विराटनगर महानगरपालिका–१४ स्थित सडकमा को–२९ प ८७२६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–१३ बस्ने ३० वर्षीय पूर्ण गुरुङको शनिबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जास्थित सडकमा ग.३ च ९८१६ नम्बरको स्कार्पियोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय आशबहादुर विकको शनिबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–११ कपन पैयुटारस्थित सडकमा बा.८१ प ७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक काठमाडौँ कपन बस्ने सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका(१ घर भएका २५ वर्षीय पासाङ निङमा शेर्पाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसि अस्पताल सिनामंगलमा थप उपचारको क्रममा मृत्यु भएको हो । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप