झडपमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिवानको दाबी
सारांश
- अफगानिस्तानमा तालिबान सरकारका अनुसार पाकिस्तानको बदला लिँदा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिए।
- तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले २० पाकिस्तानी चौकी कब्जा गरेको र पछि फिर्ता गरेको बताए।
- प्रवक्ताले आईएसआईएसको प्रमुख पाकिस्तानमा रहेको र अन्तर्राष्ट्रिय समुदायले ध्यान दिनुपर्ने आरोप लगाए।
काबुल । पाकिस्तानले गरेको आक्रमणको बदला लिन गरिएको कारबाहीमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको र ३० जना घाइते भएको दाबी अफगानिस्तानमा तालिवान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले गरेका छन् ।
प्रतिशोधात्मक कारबाहीमा २० पाकिस्तानी चौकीहरू कब्जा गरिएको तर लडाईं समाप्त भएपछि फिर्ता गरिएको पनि आइतबार काबुलमा एक पत्रकार सम्मेलनको क्रममा जबिहुल्लाह मुजाहिदले भने ।
पाकिस्तानले अझैसम्म जबिहुल्लाह मुजाहिदको दाबीमा कुनै प्रतिक्रिया दिएको छैन । यद्यपि, गृहमन्त्री मोहसिन नक्वीले शनिबार राति अफगानिस्तानको कारबाही प्रभावकारी रूपमा बदला लिइएको दाबी गरेका थिए ।
झडपको क्रममा नौ तालिबान कर्मचारी मारिएको र २० भन्दा बढी घाइते भएको पनि प्रवक्ताले पुष्टि गरे । जबिहुल्लाह मुजाहिदले आईएसआईएसको प्रमुख पाकिस्तानमा रहेको र यो सङ्गठन अझै पनि खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा सक्रिय रहेको आरोप लगाए ।
अफगानिस्तानबाट आईएसआईएस समाप्त भएको उनले बताएका थिए । पाकिस्तानमा आईएसआईएसका तालिम केन्द्रहरू स्थापना भएको आरोप लगाउँदै उनले अन्तर्राष्ट्रिय समुदायले यसमा ध्यान दिनुपर्ने पनि बताए । अफगान विदेशमन्त्रीको भारत भ्रमण कुनै पनि देश विरुद्ध निर्देशित नभएको र कसैले पनि यसमा आपत्ति जनाउनु नहुने पनि उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण