बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर
सारांश
- आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन गत वर्षभन्दा कमजोर देखिएको छ।
- असोज २५ सम्म राजस्व लक्ष्यको १४.७९ प्रतिशत मात्रै उठाइएको छ, जबकि अघिल्लो वर्ष १६.६६ प्रतिशत थियो।
- कुल बजेटको १७.२ प्रतिशत मात्र खर्च भएको छ, विकास बजेट ८ प्रतिशतमा सीमित छ।
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को बजेट आएको करिब तीन महिना बित्न लाग्दा यसको कार्यान्वयन अवस्था गत वर्षको भन्दा कमजोर देखिएको छ। सुस्त सरकारी कार्यशैली र पछिल्ला दिनमा भएका आन्दोलनको प्रभाव चालु बजेटमा देखिएको हो।
महालेखा नियन्त्रक कार्यालयका अनुसार, सरकारले असोज २५ गतेसम्म कुल राजस्व लक्ष्यको १४.७९ प्रतिशत मात्रै उठाउन सकेको छ। जबकि, अघिल्लो वर्षको यसै अवधिमा १६.६६ प्रतिशत राजस्व उठाइसकिएको थियो।
खर्च प्रणाली पनि उस्तै कमजोर देखिएको छ। असोज महिना सकिन लाग्दा अहिलेसम्म सरकारले कुल बजेटको १७.२ प्रतिशत मात्र खर्च गरेको छ। गत वर्ष यही अवधिमा १७.६८ प्रतिशत खर्च भएको थियो। यस वर्ष चालुतर्फ विनियोजित बजेटको २०.११ प्रतिशत खर्च भए पनि विकास बजेट (पुँजीगत) विनियोजितको ८ प्रतिशत मात्रै खर्च भएको छ।
रोचक पक्ष त, सरकारी प्रणालीमा रहेका समस्या सुधारका लागि प्रतिवेदन बुझाएका रामेश्वर खनाल नै अहिले अर्थमन्त्री छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण