अमेरिकी गायिका केटी र क्यानडाका पूर्व प्रधानमन्त्री जस्टिन प्रेम सम्बन्धमा?
सारांश
- अमेरिकी गायिका केटी पेरी र क्यानडाका पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडोको एकसाथको तस्बिर भाइरल बनेको छ।
- भाइरल तस्बिरमा ट्रुडो पेरीको व्यक्तिगत याटमा देखिएका छन्, जहाँ उनीहरूले चुम्बन गरिरहेको देखिन्छ।
- यसअघि, जुलाईमा मोन्ट्रियलमा डिनर र पेरीको कन्सर्टमा ट्रुडो देखिएका थिए, जसले प्रेम सम्बन्धको चर्चा बढाएको छ।
न्युयोर्क । अमेरिकी गायिका केटी पेरी र क्यानडाका पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडोको एकसाथको तस्बिर हालै भाइरल भएपछि उनीहरूबीच प्रेम सम्बन्ध पो छ कि भन्ने अड्कल बलियो बनेको छ। केही समयअघिसम्म मित्रताको चर्चामा रहेका यी दुईको नयाँ तस्बिरले सामाजिक सञ्जाल तताएको छ।
भाइरल तस्बिरमा ट्रुडो पेरीको व्यक्तिगत याटमा उनीसँगै देखिएका छन्। तस्बिर हेर्दा दुवैले एकअर्कासँग 'पर्सनल र क्वालिटी' समय बिताइरहेको देखिन्छ, जसमा उनीहरूले एकअर्कालाई चुम्बन गरिरहेको स्पष्ट देख्न सकिन्छ।
यसअघि, जुलाई महिनामा क्यानडाको मोन्ट्रियलमा यी दुईलाई एकसाथ डिनर गरिरहेको अवस्थामा भेटिएको थियो। ट्रुडोलाई केटी पेरीको कन्सर्टमा पनि देखिएको थियो।
क्यानडाको राजनीतिमा प्रसिद्ध व्यक्तित्व जस्टिन ट्रुडो र हलिउडकी चर्चित पप स्टार केटी पेरीको पृष्ठभूमि निकै फरक छ। नेटवर्थको हिसाबले ट्रुडोभन्दा पेरी निकै धनी छिन्।
अनुमान अनुसार, २०२५ सम्ममा ट्रुडोको नेटवर्थ ९ करोड ५० लाख डलर छ भने पेरीको नेटवर्थ झन्डै ४० करोड डलर रहेको छ। विश्वभर चर्चित पप आइकन पेरी र राजनीतिमा सीमित ट्रुडोको प्रेम सम्बन्धको खबरले अहिले अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुलिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण