न्यायालय
सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने
आइतबार, २६ असोज २०८२, १७ : १७
सारांश
- सर्वोच्च अदालतमा आगजनी, ढुङ्गामुढा र तोडफोडका कारण स्थगित सेवाहरू आंशिक रूपमा असोज २८ गतेबाट सुचारु हुने भएका छन्।
- असोज २६ गतेको बैठकले बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक निवेदनका साथै रिट निवेदनहरू सुचारु गर्ने निर्णय गर्यो।
- प्रवक्ताका अनुसार अन्य सेवाहरू भने अर्को सूचना नआएसम्मका लागि स्थगित रहनेछन्।
काठमाडौँ । सर्वोच्च अदालतमा भदौ २४ गते भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट ठूलो क्षति भएपछि स्थगित रहेका सेवाहरू असोज २८ गतेबाट आंशिक रूपमा सुचारु हुने भएका छन्।
असोज २६ गते बसेको पूर्ण बैठकको निर्णयानुसार, हालसम्म बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदनको दर्ता र सुनुवाइ मात्र भइरहेकोमा अब असोज २८ गते (मंगलबार) देखि रिट निवेदनहरू, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू दर्ता र सुनुवाइ हुनेछन्।
प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, अन्य सम्पूर्ण सेवाहरू भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगन नै रहनेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण