केन्द्रीय समिति बैठकमा देउवा सहभागी हुने
सारांश
- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन्।
- पार्टीको कार्यसम्पादन समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले देउवाको सहभागिताको जानकारी दिए।
- बैठकमा महाधिवेशनको एजेण्डा पेश गर्ने सहमति भए पनि मिति तय हुन सकेन।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा असोज २८ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन् ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले देउवा केन्द्रीय समिति बैठकमा सहभागी हुने जानकारी दिएका हुन् ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बुढानीलकण्ठ स्थित आफ्नै निवासमा कुटिएपछि सार्वजनिक रूपमा नदेखिएका देउवा बैठकमा सहभागी हुने नहुने निश्चित भएको थिएन ।
बैठकले महाधिवेशन सम्बन्धमा एजेण्डा लैजाने भने पनि कहिले महाधिवेशन गर्ने भन्ने विषयमा सहमति जुटाउन सकेन ।
केन्द्रीय समितिले मिति तय गर्ने गरी नियमित महाधिवेशन गर्ने एजेन्डा केन्द्रीय समिति बैठकमा लैजाने र मिति केन्द्रीय समितिबाट तय गर्ने समझदारी बैठकमा बनेको सहमहामन्त्री महालक्ष्मी उपाध्यायले जानकारी दिइन् ।
त्यस्तै केन्द्रीय समिति बैठकमा निर्वाचन र जेनजी आन्दोलनबारे पनि एजेन्डा लैजाने सहमति नेताहरूबिच बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण