सडकको आगो मन्त्रिमण्डलमा हुनैपर्छ : मिराज ढुङ्गाना
आइतबार, २६ असोज २०८२, १९ : ५०
सारांश
- जेनजी समूहका नेता मिराज ढुङ्गानाले आन्दोलनबाट आएकाहरूलाई समेटेर मन्त्रिमण्डल बनाउनुपर्ने बताए।
- उनले विदेशमा रहेका नेपालीलाई मतको व्यवस्था र प्रत्यक्ष निर्वाचित कार्यकारीको सुनिश्चितता नभएसम्म निर्वाचनमा जान नसकिने बताए।
- जेनजी समूहको आन्दोलनमा ७८ जनाको मृत्यु भएको थियो, जसले एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढलायो।
काठमाडौँ । जेनजी समूहको नेतृत्वकर्ता मिराज ढुङ्गानाले आन्दोलनबाट आएकाहरूलाई समेटेर मन्त्रिमण्डल बन्नुपर्ने बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै ढुङ्गानाले भने,'सडककाे आगाे मन्त्रिमण्डलमा समावेश हुनैपर्छ' ।
यस्तै उनले विदेशमा रहेका नेपालीलाई मतको व्यवस्था र प्रत्यक्ष निर्वाचित कार्यकारीको सुनिश्चित नभएसम्म फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा जान नसकिने समेत बताए ।
उनले भने,'विदेशमा रहेका नेपालीलाई मतको व्यवस्था र प्रत्यक्ष निर्वाचित कार्यकारीको सुनिश्चित हाम्रो बटमलाइन हो, यो विषयमा सम्बोधन नभएसम्म निर्वाचनमा जान सकिँदैन ।'
गत भदौ २३ र २४ गते जेनजी समूहले बेथितिविरुद्ध गरेको आन्दोलनमा ७८ जनाको मृत्यु भएको थियो । त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण