आफूलाई स्वीकार्य बनाउन कार्की आयोगको नयाँ ‘जुक्ति’
काठमाडौँ । केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाट सरकारले गठन गरेको ‘भदौ २३ र २४ गतेको सम्बन्धी जाँचबुझ गर्न गठित आयोग’लाई नमान्ने घोषणा गरे । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको निष्पक्षतामाथि प्रश्न उठाउँदै उनले यसलाई ठाडै अस्वीकार गरेका थिए ।
ओलीले भनेका थिए– ‘केपी ओलीलाई पहिले नै पक्राउ गर्नुपर्छ भन्नेहरूलाई आयोगको अध्यक्ष बनाइएको छ, यस्ता नक्कली आयोग एमालेलाई स्वीकार्य छैन ।’
यो सम्बोधनसँगै स्वीकार्यताको संकटमा परेको आयोगले नयाँ जुक्ति निकालेको छ । आइतबार आयोगले विज्ञप्ति जारी गर्दै भदौ २४ गते भएको तोडफोड र आगजनीका घटनाको सम्बन्धमा उजुरी दिन आह्वान गरेको हो ।
विज्ञप्तिमा भनिएको छ – सो सन्दर्भमा उक्त प्रदर्शनीका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा राजनीतिक दल, संघर्ष संस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण तपसिल बमोजिमको ढाँचामा आयोगको इमेल ठेगानामा पठाउनुहुन साथै घटनालाई पुष्ट्याइँ गर्ने प्रमाणहरू जस्तै श्रव्यदृश्य, फोटो र कागजातहरु भए सो समेत यस आयोगमा उपलब्ध गराउनुहुन अनुरोध गरिन्छ ।
यो विज्ञप्तिअनुसार अब राजनीतिक दलले जलेको भौतिक संरचनाको विवरण र जलाउने व्यक्तिलाई चिनाउने फोटो वा भिडियो लगायतका प्रमाणसहित उजुरी दिनु पर्नेछ । आयोगले मागेको समयमा उजुरी नदिए आगामी दिनमा कारबाही माग गर्न कानुनी संकट आउन सक्छ ।
यो अवस्थामा एमाले लगायतका दलले आयोगलाई मान्छन् कि मान्दैनन् भन्ने चासो छ । एमालेबाहेक अन्य दलले आयोगलाई स्वीकार गरेको अवस्थामा एमालेलाई समेत यसलाई स्वीकार नगर्न नैतिक दबाब पर्न सक्छ । यो सूचनापछि अब अन्य दललाई आयोग स्वीकार गरेको वा नगरेको निर्क्यौल गर्ने बाध्यता आइपरेको छ, अहिलेसम्म अन्य पार्टीले यसबारे केही बोलेका छैनन् ।
आन्दोलनका क्रममा कांग्रेस, एमाले र माओवादीका मुख्ख कार्यालय तथा विभिन्न जिल्लाका कार्यालय जलेका छन् । रास्वपाको पनि केही जिल्ला कार्यालय जलाइएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण